शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

प्राथामिक तहका स्थायी शिक्षकको सपथ ग्रहण

मंगलवार , कार्तिक १९, २०७६

प्राथामिक तहका १ सय ७३ स्थायी शिक्षकले सिन्धुलीमाढीमा सोमबार सपथ ग्रहण गरेका छन् । उनिहरुलाई शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख नेत्र गजुरेलले सपथ ग्रहण गराए ।

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख गजुरेलले शिक्षकहरुलाई शिक्षण पेसाप्रती बफादार रही पक्षपात,लोभलालच र मोलाहिजा नगरी इमान्दार साथ ऐन नियमावली र प्रचलित कानुनको अधिनमा रहेर जिम्मेवारी बहन गर्ने छु भनि सपथ ग्रहरण गराएका हुन् ।

यस्तै प्राथामिक तहका शिक्षकको सपथ ग्रहण तथा स्थायी नियुक्ति वितरण कार्यक्रममा उनले शिक्षकहरुलाई स्थायी नियुक्ती समेत वितरण गरे । उनका अनुसार सोमबार स्थायी नियुक्ति सँगै सपथ ग्रहण गरेका शिक्षकहरुलाई जिल्लाका रिक्त पद रहेका विद्यालयहरुमा खटाईने छ ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख शंकर तिवारी वर्मा,डाक्टर हरि प्रसाद पोखरेल,नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र शिक्षकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया