शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीगढी विजयी उत्सव सफल बनाउन सबैको सहयोग जरुरी

मंगलवार , कार्तिक १९, २०७६

राज्य एकीकरणको इतिहास जोडिएको सिन्धुलीगढीको संरक्षण र प्रवद्र्वन गर्न सुनकोशी गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले पर्यटन भ्रमण बर्ष २०२० सफल बनाउन ऐतिहासिक स्थल सिन्धुलीगढीको ५२ औँ सिन्धुलीगढी विजय उत्सव सफल बनाउन चासो देखाएकी हुन् ।

यहि कात्तिक २२,२३ र २४ गते विजय उत्सव भव्य भव्य रुपमा सफल बनाउन सुनकोशी गाउँपालिकाले खानेपानी र अतिथि संत्कारका लागी फुलको मालाको व्यवस्था गर्ने उनले बताईन् । सुनकोशीका १ हजार जनालाई विजय उत्सवमा आउनका लागी गाडीको व्यवस्था समेत गर्ने बताईन् । उनले कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र सरोकारवालाहरु विच सिन्धुलीगढी विजय उत्सव मनाउने विषयको छलफलमा यस्तो बताएकी हुन् । प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न जिल्लाका सबै स्थानीय तह लाग्नु आवश्यक रहेको बताईन् ।

सिन्धुलीगढीको पुनःनिर्माण गरी प्रचार प्रसार गर्न नेपाल पत्रकार महासंघ सिन्धुलीको पहलमा २०६७ साल देखि सिन्धुलीगढीमा विजय दिवस उत्सव मनाउन सुरु गरिएकाले यसको निरन्तरता दिईन लागिएकोे नगर प्रमुख खड्गबहादुर खत्रीले बताए । उनले सिन्धुलीगढी पर्यटकीय क्षेत्रमात्र नभएर इतिहास कायम गरेको स्थल भएकाले आन्तरिक तथा वाह्य पर्यटकको संख्या वृद्धि गर्ने नगरको लक्ष्य बताए ।

उपप्रधानमन्त्रि इश्वर पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई,प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुगेंल लगाएतको उपस्थिती रहने विजय उत्सवमा पृथ्वीनारायण शाहको शालिक शिलान्यास गर्ने, नेपाली सेनाले निर्माण गर्न लागेको युद्ध संग्र्राहलयको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको नगर प्रमुख खत्रीले जानकारी दिए । उनले सिन्धुलीगढी विजय उत्सव भव्य र सभ्य बनाउन सबैको सहयोग जरुरी रहेको बताए ।

१९२५ मा राज्य एकीकरणका क्रममा इष्ट इण्डीयाका दुई हजार चार सय सेनालाई गोर्खाली आठ सय सेनाले परास्त पारी विजय गरेको इतिहास छ । विक्रम संवत् १८२४ मा अंग्रेजलाई हराएर ब्रिटिस् साम्राज्यको पञ्जामा पर्नबाट वीर नेपालीले वीरतापूर्वक परास्त गरेको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीवासीले विजयउत्सव मनाउने गरेका छन् ।

विजय उत्सव सफल बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सुरक्षा निकाय,नेपाल प्रहरी,नेपाली सेना,नेपाल पत्रकार महासंघ सिन्धुली,राजनितीक दल लगाएत सबै स्थानीय तहका सरोकारवाला निकायहरु,स्थानीयवासीहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया