शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

तीन महिना नपुग्दै सडक भत्किएर चिरा–चिरा

सोमवार , कार्तिक १८, २०७६

 

पर्यटकको सुविधाका लागि ऐतिहासिक सिन्धुलीगढी जाने सडक कालोपत्रे सहित निर्माण गरिएको तीन महिना पनि नपुग्दै भत्किएर चिराचिरा परेको छ ।

कमलामाई नगरपालिका–३ स्थित उक्त गढीमा पर्यटकिय पुर्बाधार विकास गर्ने क्रममा बीपी राजमार्गको सोलाभञ्याङदेखि त्यहाँसम्म पुग्ने डेढ किलोमिटर कच्चि सडकलाई गत असार महिनामा कालोपत्रे सहित निर्माण गरिएको हो । गुणस्तरहिन समान प्रयोग गरी कालोपत्रे सहित निर्माण गरिएको उक्त सडक अहिले ठाँउ–ठाँउमा धसिएर काँक्रा झै चिरा परेको स्थानीय बासिन्दाले जनाएका छन् ।

उक्त कच्चि सडकलाइ फराकिलो बनाउदै नाला सहित कालेपत्रे गर्ने काम सकिएपछि अब सोलाभन्ज्याङदेखि सिन्धुलीगढीसम्म सबारी साधन सजिलै पुग्ने स्थानीयले आसा राखखेका थिए । “स्थानीयले राखेको उक्त आसा अहिले आएर निरासामा परिणत भएको छ,’ उक्त वडाका सचिब बिरेन्द्र देवकोटाले भने, “काम सकिएको तीन महिना पनि नबित्दै कालोपत्रे र ढलान गरेको सडक ठाँउ–ठाँउमा धसिएर काँक्रा झै चिरा परेको छ ।”

करोडौ रुपैया लगानी भएको सडकमा गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरेका कारण समस्या जन्मिएको उनको ठम्याई छ । “काम भई रहेको बेलामा पनि हामीले ठेकेदारलाई भेटेर गुणस्तरिय सामान मात्र प्रयोग गर्न सम्झाएका थियौं,” वडा सचिब देवकोटाले थपे, “उनीहरुले हाम्रो कुरा नै सुनेन्, आफ्नै सुरले काम गरि रहे ।”

नयाँ सहर आयोजना खुर्कोटमार्फत महादेव खिम्ति आजाद जेभि निर्माण कम्पनिले दुई करोड ६० लाख रुपैया (भ्याट बाहेक ) को लागतमा गत बर्ष पुसदेखि असारसम्म उक्त सडकको पिच सहित स्तरउन्नती गर्ने काम सकेको थियो ।

भत्किएको सडकलाई चाँडै मर्मत गर्न सम्बन्धित निर्माण कम्पिनीलाई पत्र काटेर ताकेता गरि सकेको नयाँ सहर आयोजनाले जनाएको छ । आयोजनाका निमित्त प्रमुख सुदिप श्रेष्ठले काम सकिएको एक बर्षसम्म मर्मत अवधि हुने भएकाले त्यो बीचमा निर्माण कम्पनिले मर्मत गर्ने आसा गरे । उनले भने, “मर्मत अवधि सकिएपछि मात्रै निर्माण कम्पनिले काम सुरु गर्दा राखेको पाँच प्रतिशत रकम धरौटी फिर्ता गरिन्छ । उस्ले मर्मतको काम नगरे धरौटी जफत गरि कारबाही गरिने छ ।’

महादेव खिम्ति आजाद जेभि निर्माण कम्पनिका ठेकेदार गोपाल श्रेष्ठ पनि प्रकृती लागेर सडक भत्किएको बताए । “काम गर्ने बेलामा धेरै पानी प¥यो, अहिले आएर समस्या जन्मियो,” उनले भने, “हामीले बनाएको सडक हो । एक बर्ष मर्मत अवधि हुन्छ, त्यो बीचमा काम सक्छौं ।”

सडक मर्मत नगरे धरौटी गुम्ने भएकाले अनिबार्य नै सडक मर्मत गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । उक्त सडकको बिमा गरेको हुनाले अहिले बिमा दाबीमा आफुहरु लागेको उनले सुनाए ।

गत बर्ष सरकारले सिन्धुलीगढीलाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरेसँगै पूर्वाधार निर्माणको क्रम बढेको र सिन्धुलीगढी घुम्न आउने पर्यटक पनि बढ्दै गएका स्थानीय बासिन्दा बताउछन् ।

सोलाभञ्ज्याङमा दुई दशकदेखि होटल व्यवसाय गर्दै आएका व्यवसायि घनश्याम मगरले सिन्धुलीगढी घुम्न आउने पर्यटक बढ्दै गएका बताए । “कच्चि सडक हुदा सबै सवारी साधन सिन्धुलीगढी पुग्दैनथ्यो, सोलाभञ्ज्याङमा नै आफ्ना सबारी साधन थन्क्याएर पैदल हिड्नु पर्ने बाध्यता थियो,” उनले भने, “सडकको स्तर उन्नती कालेपत्रे गरेसँगै सजिलो भएको थियो, अहिले फेरी पुरानै समस्या जन्मिएको छ ।╞

उनका अनुरा नेपाल एकिकरणको समयमा अंग्रेज फौजलाइ तत्कालिन गोर्खाली सेनाले हराएर भगाएको स्थान भएकोले सिन्धुलीगढीले गौरबशाली ईतिहास बोकेको छ ।

सदरमुकामबाट २० किलोमीटर उत्तरमा रहेको सिन्धुलीगढी महाभारत क्षेत्रमा पर्दछ । बीपी राजमार्ग हुदै सोलाभन्ज्याङमा पुगेपछि त्यहाँको मनोरम दृश्य र चिसो हावापानीले जो सुकैलाइ पर्यटकलाई मन्त्र मुग्ध बनाउछ । त्यहाँबाट उत्तरतर्फ करिब १० मिनेटको दुरी रहेको उकालो चढेपछि ऐतिहासिक सिन्धुलीगढी क्षेत्रमा प्रवेश गरिन्छ ।

प्रतिक्रिया