शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा श्रीमतिलाई तातो तेलमा डुबाएर श्रीमान बेपत्ता

आइतवार , कार्तिक १७, २०७६

सिन्धुलीको दुधौली नगरपालिकामा घरायसी झगडामा श्रीमान्ले श्रीमतीलाई तातो तेलमा डुबाएर बेपत्ता भएका छन् । शनिबार राती ६ बजे दुधोली ४ एकहटियामा उक्त घट्ना भएको हो । घरायसी बादविवादको कारण आफ्नै श्रीमतीलाई माछा तारी रहेको अवस्थामा श्रीमानले उक्त तेलमा अनुहार डुबाईदिएका थिए । ३२ वर्षिया आशा सदाको दुवै आखा हेर्न नमिल्ने भएको छ भने अनुहारमा फोकाहरु आएको छ । रितु सदा भने फरार छन् । घाइते आशाको हाल सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । फरार रितुको भने खोजतलासी भइरहेको इलाका प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

प्रतिक्रिया