शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा एकको मृत्यु, हेलिकप्टर मगाउन बेवास्ता, पोष्टमार्टम पनि हुन सकेन

बिहिवार , कार्तिक १४, २०७६

सिन्धुलीमा बुधबार सडक दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका ७ स्थित गडौलिपुलमा मोटरसाईकल दुर्घट्ना हुँदा २४ वर्षिया सोनु जयसवालको मृत्यु भएको छ भने एकजना मध्यम घाईते भएका छन् । बुधबार राती साढे ६ बजे दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

जनकपुरबाट सिन्धुलीतर्फ आउदै गरेको ज.११प. ६५६७ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट ५० फिट तल खसेको थियो । धनुषाका मोटरसाइकल चालक जयसवालको धुलिखेल लैजाने क्रममा गोलन्जोर ७ तल्लो बारामा मृत्यु भएको थियो । घाइते सन्तोष ठाकुरको भने धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

गम्भिर घाइते भएका सोनुको उपचारकालागि परिवारले हेलिकप्टर मगाउन सम्बन्धित निकायसँग कुरा गरे पनि चासो नदेखाउँदा समयमै उपचार नभएर जयसवालको मृत्यु भएको हो । हेलिकप्टर मगाउन २० लाख लाग्ने भएपछि परिवारले रकम जुटाइसकेका थिए । तर, सरोकारवाला निकायको बेवास्थाले गाढीमै धुलिखेल लग्नु परेको थियो । केहि समय अघिमात्र कमलामाई नगरपालिकाको ६ लाख ५० हजार सहयोगमा सिन्धुली जिल्लाको विपद व्यवस्थापनलाई मध्येनजर गर्दै नेपाली सेनाले नाईट भिजन हेलिप्याड निर्माण गरेको थियो । तर, उक्त हेलिप्याडको प्रयोग गर्न कमलामाई नगरपालिका, जिल्ला अस्पताल सिन्धुली लगायत नेपाली सेनाले वास्ता नगरेको पाइएको छ ।

त्यसैगरि, सिन्धुली अस्पतालमा डाक्टर नहुँदा पोष्टमार्टम हुन सकेको छैन । जिल्ला अस्पतालमा डाक्टरको अभावले गर्दा अहिलेसम्मपनि पोष्टमार्टम भएको छैन ।

प्रतिक्रिया