शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा आठ हजार प्रतिष्ठान

शुक्रवार , कार्तिक ८, २०७६

तथ्यांक कार्यालय सिन्धुलीले प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ को नतिजा सार्वजनिक गरेको छ । सिन्धुलीमाढीमा विहिवार गणना नतिजा सार्वजनिक गोष्ठीको आयोजना गरि नतिजा सार्वजनिक गरेको हो ।

मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशः व्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एवं अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलब्ध गराउन केन्द्रीय तथ्यांक विभागले आर्थिक सर्वेक्षण गरेको थियो ।

विभागले २०७५ बैशाख १ गतेदेखि सर्वेक्षण शुरु गरेर २०७६ जेठ मसान्तसम्म संचालन गरेको थियो । यसमा मुलुकभरका विभिन्न औद्योगिक प्रतिष्ठान, साना व्यवसाय तथा त्यसमा आवद्ध जनशक्तिका बारेमा अध्ययन गरेको हो ।

तथ्यांक कार्यालय सिन्धुलीले सार्वजनिक गरेको नतिजा अनुसार सिन्धुलीमा ८ हजार १ वटा प्रतिष्ठानहरु दर्ता भएर संचालनमा रहेका छन् ।

प्रतिष्ठानमा संलग्न जनशक्ति ३ लाख ४० हजार ८५ जना रहेको तथ्यांक कार्यालय सिन्धुलीका अधिकृत टिका नेपालले प्रस्तुत गरेका थिए ।

तथ्यांक विभागको तथ्यांक अनुसार देशभर हाल ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठानहरु सञ्चालनमा रहेका छन् । जसमध्ये ४ लाख ६२ हजार ६ सय ५ वटा प्रतिष्ठान अर्थात् कुल संख्याको ५० दशमलव १ प्रतिशत र दर्ता नभएका ४ लाख ६० हजार ४ सय २२ वटा प्रतिष्ठान अर्थात कुल संख्याको ४९ दशमलव ९ प्रतिशत संस्थाहरु कुनै पनि सरकारी निकायमा दर्ता नभएरै सञ्चालन भईरहेका छन् ।

प्रतिष्ठानमा सक्रिय रुपमा संलग्न जनशक्तिको संख्या ३२ लाख २८ हजार ४ सय ५७ रहेकोमा २० लाख १२ हजार २ सय ३७ (६२.३ प्रतिशत) र महिला १२ लाख १६ हजार २ सय २० (३७.७ प्रतिशत) महिला रहेका छन् ।

प्रतिक्रिया