नेपालमा तेजाब आक्रमणका घट्नामा वृद्धि भएको छ । तेजाब आक्रमणका कारण नेपाली महिलाहरुलाई असुरक्षित हुदैँ गएका छन् । सामान्य मनमुटावमा पनि महिलाहरुमाथि एसिड आक्रमण हुदैँ आएको छ । केहि समय अघि मात्र विरगंजकि मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । बजारमा सहजै एसिड पाउने हुँदा एसिड आक्रमणकारिलाई आक्रमण गर्न कठिनाई छैन । त्यसैगरि, एसिड आक्रमणमा संमलग्न अपराधिलाई कडा कार्वाहीको व्यवस्था नहुँदा अपराधिहरु निरुत्साहित हुन सकेका छैनन् । सर्वप्रथम त, एसिड आक्रमणका घट्नामा कमि ल्याउन विक्रि वितरणमा कडाई गर्न आवश्यक छ । व्यपारव्यवासीहरुले तेजाब सहजै उपलब्ध गराउने वातावरणलाई बन्द गर्न सक्नुपर्छ । एसिडको खरिदबिक्रिमा कडाई गर्न सके एसिड आक्रमणको घट्नामा कमि आउने देखिन्छ । यतिमात्र नभएर राज्यले पनि एसिड आक्रमण जस्तो जघन्य अपराधमा संलग्नलाई कडा भन्दा कडा कार्वाही गर्न जरुरी छ ।
नेपाली समाजमा हिजोआज महिलाहरु असुरक्षित छन् । बाटोमा हिँडिरहेको अवस्थामा कुन बेला एसिड मुखमा पर्ने हो भन्ने त्रास महिलाहरुमा देखिदैँ आएको छ । यस्तो अवस्था सिर्जना हुँदा पनि राज्यले केहि गर्न नसकेको अवस्था छ । तसर्थ, राज्यले सचेतना कार्यक्रमहरु गाउँगाउँमा पुर्याउनेपर्ने देखिन्छ । त्यसैगरि, महिलालाई आत्मसुरक्षाका तालिमहरु दिन विभिन्न कार्यक्रमहरु तत्काल शुरु गर्नुपर्छ । अतः एसिड विक्रिवितरणमा कडाई गर्दै आक्रमणकारीलाई निरुत्साहित पार्न सबै पक्ष गम्भिर भएर लाग्न आवश्यक छ ।