शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

पुर्व प्रहरी संगठनका संस्थापक सहित पाँच जना सम्मानित्

बिहिवार , कार्तिक ७, २०७६

नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिती सिन्धुलीले आठौँँ अधिवेशनको अवसर पारेर पाँच जना पुर्व प्रहरीलाई सम्म्मान गरेको छ । समितीले पुर्व प्रहरी संगठनका संस्थापक दिलिप कुमार थापा,संगठनका सदस्यहरु बहादुर लुंगेली,चक्र बहादुर भण्डारी,राम कुमार बस्नेत,कर्ण बहादुर तामांगलाई सम्मान गरेको हो ।

संस्थापक अध्यक्ष थापालाई नेपाल पुर्व प्रहरी संगठनको संस्थागत विकास गर्नको लागी संस्थाकाल २०४७ साल मंसिर १५ गते देखि २०६३ साल असार ३ गते सम्म जग्गा प्राप्त र २०० जना अटाउने सभाहलको जगदेखि पिल्लर सम्म निर्माणमा उल्लेखनिय योग्दान पु¥याउनुका साथै संस्थागत विकासका लागी निरन्तर सक्रिय रहेकाले सम्मान गरिएको समितीले जनाएको छ ।

यस्तै पुर्व प्रहरी संगठनको सक्रिय सदस्यता रहि संगठनको विकास एंव सांठनिक प्रर्वद्धनको लागी आर्थिक तथा भौतिक सहयोग गर्ने सदस्यहरु बहादुर लुंगेली,चक्र बहादुर भण्डारी,राम कुमार बस्नेत,कर्णबहादुर तामाङ्गलाई प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमद्धारा सम्मान गरिएको थियो ।

रघु लामाको अध्यक्षतामा भएको कार्यक्रममापुर्व प्रहरी संगठनले नयाँ कार्य समिती पनि चयन गरेको छ । जसको नामावली विहिबार एक कार्यक्रमका विच सार्वजनिक गरिने समितीले जनाएको छ ।

प्रतिक्रिया