सिन्धुली क्षेत्र नम्बर–१, प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीले संविधान कार्यान्वय गरेर देश समृद्ध बनाउन सरकारले चाहेको बताएका छन् । प्रतिपक्ष दललाई सहमती,सहकार्य र एकता गरेर अगाडी बढ्न आग्रह गर्दै उनले यस्तो बताएका हुन् । देशलाई अस्थिरता तर्फ लैजान नखोजौँ,सासंद पहाडीले भने,“सहमती,सहकार्य र एकता गरेर अगाडी बढैँ ।”
उनले सरकार संचालनका क्रममा भएका कमीकमजोरी सुधादैँ लैजानु पर्ने बताए । भष्ट्राचार,अनियमितता लगाएत दुरभावना त्यागे सबैले संकल्प गरेको समृद्ध नेपाल निर्माण गर्न सकिने उनको तर्क थियो । बुधवार कन्दमुल तरकारी विकास केन्द्र,सिन्धुलीको ४५ औँ स्थापना दिवस विशेष कार्यक्रमलाई सम्बोधन गदैँ मुलुकलाई समृद्ध बनाउने आधार कृषि नै भएको उनले बताए । पराम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्नुपर्ने उनको भनाई छ ।
उनले सिन्धुलीमा रहेको कन्दमुल तरकारी विकास केन्द्रलाई प्रदेश नम्बर ३ को नमुना फार्मका रुपमा विकास गर्नु पर्ने बताए । कन्दमुल विकास केन्द्रको दायरा फराकिलो बनाई अनुसन्धान केन्द्रका रुपमा पनि विकास गदैँ लैजानु पर्ने आवश्यकता भएको प्रतिनिधिसभा सदस्य पहाडीले बताए । कन्दमुल विकास केन्द्रलाई प्रदेशकै नमुनाका रुपमा विकास गर्न सरकार तयारहुने छ,उनले कन्दमुलका प्रमुख संजय धिमाललाई आग्रह गदँै भने,“काम गर्ने कर्मचारीले हो,राम्रो योजना बनाएर ल्याउनुस्,संघिय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले आवश्यक पहल र सहयोग गछौँ ।”
जिल्लामा बाहिरबाट तरकारी तथा कन्दमुलहरु आयात हैन निर्यात गर्ने गरि विकास गर्नुपर्ने धारण राखेँ । अव जिल्लाबाट निर्यात गर्ने बन्न्ुा पर्छ,पडाडीले भने,“त्यसका लागी समस्या के के छन् ? योजनावद्ध तयार गर्नुस्,समाधानका लागी हामी तयार छौँ ।”
उनले उत्पादनमा बढी विषादी भएको पाईएको उल्लेख गदैँ अर्गानिक उत्पादनमा जोड दिन समेत आग्रह गरेका थिए । यस्तै प्रदेश सासंदहरु लेखनाथ दाहाल(राजन),विनोद कुमार खड्का र प्रदिप कट्टुवालले कन्दमुल तरकारी विकास केन्द्रलाई व्यवस्थित बनाई रैथाने उत्पादनको प्रर्वधनमा जोड दिनुपर्ने बताए । उनिहरुले कृषकले उत्पादन गर्ने र सरकारले विक्री वितरणका लागी बजारको व्यवस्थापन गर्ने बताए । कृषिलाई प्रविधिसँग जोडेर लैजानु पर्ने आवश्यकता रहेको औल्याउँदै प्रविधि र पुँजीको सरकारले व्यवस्था गर्नु पर्ने धारण राखेका थिए ।
कन्दमुल खाऔँ ,खाद्य विविधता बढाऔँ,जस्वन स्वस्थ्य बनाओेैँ भन्ने मुख्य नाराका साथ मनाईएको कन्दमुल तरकारी विकास केन्द्रको स्थापना दिवस विशेष कार्यक्रममा पुर्व प्रमुखहरु भैरव बहादुर कैनी,मोहन बहादुर थापा र तारा भुजेललाई सम्मान समेत सम्मान गरिएको थियो ।कन्दमुल तरकारी विकास केन्द्रका तत्कालिन प्रमुख डाक्टर हरी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगाएको उपस्थिती रहेको थियो ।