शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

एसिड प्रकरण सम्बन्धि ध्यानाकर्षण गराउँदैै राप्रपाको देश दौडाहा

बुधवार , कार्तिक ६, २०७६

एसिड प्रकरण तथा बिक्रि वितरण सम्बन्धि ध्यानाकर्षण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले देश दौडाहा गर्ने भएको छ । गत भदौ महिनामा वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा एसिड प्रहारबाट घाईते बनेकी मुस्कान खातुनको विषयलाई लिएर राप्रपाले ७७ वटै जिल्लामा तेजाब प्रकरण र बेचबिखन सम्बन्धि ध्यानाकर्षण गर्ने भएको छ ।

बुधबार सिन्धुलीमा राप्रपा सिन्धुलीले तेजाब आक्रमणलाई न्युनिकरण गर्न विक्रिवितरणमा कडाई गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । समाजसेवक एवं राप्रपाका कन्द्रिय सदस्य उज्जवल बिक्रम थापाको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ध्यानाकर्षण पत्र बुझाइएको हो । राप्रपा सिन्धुलीका अध्यक्ष इन्द्र भुजेलले बुधबार जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईलाई पत्र बुझाउँदै जिल्ला प्रहरी कार्यलय, सिन्धुली उद्योग बाणीज्य महासंघ लगाएतलाई ध्यानर्कषण गरेको थियो । सिन्धुली व्यवसायिक हिसाबले व्यापारिक केन्द्र बन्दै गएको र एसिडको प्रयोग हुने खालका व्यवसायहरुपनि संचालनमा रहेको हुदाँ एसिड प्रकरणको खतरा बढेकोले विक्रि वितरणमा कडाई हुनुपर्ने पत्रमा उल्लेख छ । त्यसैगरि, उक्त पत्रमा राप्रपाले नेपालका ७७ वटै जिल्लामा एसिडको विषयलाई लिएर ध्यानाकर्षण पत्र बुझाउने उल्लेख गरेको छ ।

उज्जवल विक्रम थापाः व्यक्ति एक, रुप अनेक

राप्रपाको ध्यानाकर्षण अभियानका अभियानकर्ता उज्जवल विक्रम थापा निरन्तर समाजसेवामा लाग्दै आएका छन् । सिन्धुली जिल्लामा गरिब र असहायकालागि अभिभावक बनेका थापा अहिले देशभरका एसिड पिडितकालागि अभिभावक बनेका छन् । गोरखा भुकम्पपछि सिन्धुलीमा करोडौँको राहत ल्याएका थापाले निरन्तर जिल्लामा समाजसेवा गरे । अपांग, असहाय, गरिव र आयश्रोत नभएकाहरुलाई गाँस, वास, कपासको व्यवस्था गराउँदै हिँड्ेका थापा अहिले एसिड पिडितकालागि दरिलो साथी बनेका छन् । एसिड पिडितको उपचारकालागि आर्थिक सहयोग जुटाउन थापा निरन्तर लागिपरेका छन् । उनीहरुको आत्मबल बढाउन थापाले गरेको प्रयास अतुलनिय छ । बलिउडका अभिनेता अभिताभ बच्चन देखि महानायक राजेश हमाललाई एसिड पिडित मुस्कान खातुनसँग सम्पर्क गराएर थापाले मुस्कानलाई मुस्कुराउने वातावरण बनाएका छन् । मुस्कानले सामना गर्नुपरेको अवस्था आउन नदिन अहिले देशैभर तेजाब विक्रि वितरणमा कडाई हुनुपर्ने भन्दै थापा हिँडिरहेका छन् । एसिड आक्रमण गर्ने अपराधिहरुलाई कडा कार्वाही गर्न राज्यलाई सधैँ घच्घचाई रहेका थापाको समाजसेवाका बारेमा जति शब्द खर्च गरेपनि कम हुन्छ ।

प्रतिक्रिया