तिहार आउन एक हप्ता भन्दा कम समय बाँकी रहदा सिन्धुलीमा पटका पडकाउन शुरु भइसकेको छ । सरकारले भुइँचम्पा, पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको विक्रिवितरण तथा प्रयोग नगर्न अपील गरेको अवस्थामा सिन्धुलीमा कहाँबाट पटका भित्रियो भन्ने प्रश्न उब्जिएको छ । भारतसँग नजिक सिमानाका कारण भारतबाट पटकाहरु भित्रिने गरेको छ । व्यापारीहरुलाई पटाका विक्रि वितरण गर्न नपाउने भएपनि केहि व्यापारीहरुले भारतबाटै विस्फोटक पदार्थ ल्याएर विक्रिवितरण गर्दै आएका छन् ।
तसर्थ, तिहारलाई असुरक्षित नबनाउनकालागि व्यापारीहरुसँग उद्योग वाणिज्य संघ, सिन्धुली, जिल्ला प्रहरी कार्यालय लगायत सम्बन्धित निकायले छलफल गर्न आवश्यक छ । त्यसैगरि, भारतबाट भित्रिने पटाकाको नियन्त्रणकालागि विशेष कदम चाल्न जरुरी छ । सरकारले नै प्रतिबन्ध लगाएको विस्फोटक पदार्थ अवैद्य रुपमा नेपाल भित्रिनु कानुनको विरुद्धमा जानु हो । त्यसैले, सरोकारवाला निकायले यो तिहारलाई सुरक्षित र शान्त बनाउन पहल गर्नुपर्छ । अन्यथा, कुनै अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अतः विगतमा पनि सिन्धुलीमा तिहारको समयमा व्यापारीहरुले पटाका लगायत विस्फोटक पदार्थ विक्रि वितरण गर्दै आएको अवस्थामा यसपालिको तिहारमा भने कडाई गर्न आवश्यक छ ।