सामाजिक जवाफदेहिताको औजार विषयक छलफल सिन्धुलीमाढी सम्पन्न भएको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल सिन्धुलीको आयोजनामा सरोकारवालाहरुसँग छलफल भएको हो ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको अध्यक्षतामा भएको छलफल कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालका वरिष्ठ अधिकृत विनोद भट्टराईले सामाजिक जवाफदेहिताको औजारहरुका बारेमा जानकारी गराए ।
नागरिक वडापत्र,सुचना केन्द्र,नागरिक संजाल,सुचनाको हक,सामुदायिक रेडियो,सुशासन कार्यान्वयन सर्वेक्षण,सार्वजनिक प्रतिवद्धता,सहभागिता मुलक योजना, बजेट तर्जुमा तथा अनुगमन,सामाजिक लेखा परिक्षण,लोककल्याणकारी सन्देश,होडिङ्गबोर्ड र जागरण भेला सुचनाको औचारहरु भएको उनले जानकारी दिए ।
सरकारी निकायमा प्रयोग भएका सामाजिक जवाफदेहीताका औजारहरु र प्रयोगको बारेमा सम्बन्धित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले अनुभव साट्दै सबै भन्दा बढी सामाजिक जवाफदेहिताको औजारहरु गैरसरकारी संस्थाहरुमा दुरुपयोग हुने गरेको बताएका थिए । कार्यक्रमको संचालन ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल सिन्धुली शाखकी अधिकृत गंगा सत्यालले गरेकी थिईन् ।