बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

निष्पक्ष अनुसन्धान हुन देऊ

सोमवार , कार्तिक ४, २०७६

प्रतिनिधिसभा सांसद अफताब आलम पक्राउ परेसँगै डरलाग्दो घट्ना सार्वजनिक भएको छ । २३ जनालाई जिउँदै इट्टा भट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परे लगत्तै नेपाली कांग्रेसले विरोध गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले समेत १२ वर्ष अघिको घट्नालाई बिउत्याएर सुनियोजित रुपमा आरोप लगाएको गुनासो गरे । तर, पीडित परिवारका अनुसार शक्ति र सत्ताको आँडमा आलमले सम्पुर्ण घट्ना ढाकछोप गर्न खोजेका छन् । उच्च अदालतमा पुगका पीडित परिवारलाई समेत गोली हानेर हत्या गरेपछि यो घट्ना झन् भयावह देखिएको छ । शक्ति प्राप्तिकालागि भएको यस्तो घट्नाले हाम्रो राजनीति र शक्तिकेन्द्रकालागि हुने दुष्प्रयासहरु छर्लंग्गै देखाएको छ । आलमले भने उक्त घट्दा हुदैँ नभएको बताइरहेका छन् । यस्तो अवस्थामा राजनैतिक हस्तक्षेप गरेर अनुसन्धानमा प्रभाव पार्नुहुदैँन । तसर्थ, कुनै पनि राजनैतिक दलले यस्ता घट्नालाई संरक्षण गर्नुहुदैँन । अन्यथा, कानुनि राज्यमा हत्या, हिंसा र कानुन विपरितका क्रियाकलाप सामान्य हुनेछ । झण्डै दुई दर्जनको हत्या सानो घट्ना होइन ।

त्यसैले, यो घट्नालाई निष्पक्ष तरिकाले छानविन गर्न दिन राजनैतिक दलले ठूलो छाती देखाउन आवश्यक छ । अतः पिडितलाई न्याय दिन र समाजमा अपराधिक घट्नालाई कम गर्न पनि उक्त घट्नाको निष्पक्ष तरिकाले छानबिन हुनुपर्छ ।

प्रतिक्रिया