शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा दुर्घटना न्यूनीकरण गर्न धर्म काँटा संचालन

आइतवार , कार्तिक ३, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका ४— ढुंग्रेबासमा धर्म काँटा संचालन गरिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धर्म काँटा सञ्चालन गरिएको सिन्धुली ट्रक व्यवसायी संघका अध्यक्ष तारा दाहालले बताए ।

बीपी राजमार्गमा सडकको क्षमता भन्दा बढी सामान बोकेर मालवाहक सवारी गुड्ने गरेका छन् । यसलाई रोक्न धर्म काँटा सञ्चालन गरेका हौँ । ट्रक व्यवसायी संघका अध्यक्ष दाहाल भने ।

उनले अझै थप गदैँ भने,“चालकहरूमा बीच बाटोबाट साहुले पठाएको भन्दा बढी सामान लोड गर्ने प्रवृत्ति बढेकोे छ । ओभर लोडका कारण छिट्टै नै टायर खिइने, बेरिङहरू भाँचिने र ब्रेक नलाग्ने भई दुर्घटना हुने गरेको छ । त्यसैले करिब ३० लाखको लागतमा धर्म काँटा राखिएको हो ।”

निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा लगायतका सामान लिएर पूर्वको विराटनगर, वीरगन्ज, बुटवल, बर्दिवासदेखि सिन्धुली हुँदै रामेछाप, दोलखा, काभ्रे, ओखलढुंगा, खोटाङ, सिन्धुपाल्चोक, काठमाडौं लगायतका जिल्लामा जाने मालवाहक सवारीले अब सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित २ नम्बर गेटमा रहेको धर्म काँटामा जोखेर मात्रै जान पाउने भएका छन् ।

६० टन सम्म वजनको मालवाहक सवारी जोख्न सक्ने क्षमता रहेको धर्म काँटाले सिन्धुली हुँदै बीपी राजमार्गबाट १६ टन २ सय केजी अर्थात् १६ हजार २ सय केजी मात्रै सामान बोकेर आउजाउ गर्न पाउने छन् ।

शनिवार धर्म काँटाको उद्घाटन गर्नुहुदैँ संघिय सासंद हरिवोल गजुरेलले दुर्घटना न्युनिकरण तथा सडकको संरक्षण हुने विश्वास व्यक्त गरे । उनले सरकारले तोकेको मापदण्ड अनुसार सवारी संचालनमा ध्यान दिनु पर्नेमा समेत जोड दिए ।

सिन्धुली ट्रक व्यवसायी संघद्धारा आयोजित कार्यक्रममा प्रदेश सासंद लेखनाथ दाहाल,राजन, विनोद कुमार खड्का,कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रि,प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम लगाएतले जिल्लामा धर्म काँटा संचालन भएकोमा खुसि व्यक्त गरेका थिए ।

प्रतिक्रिया