नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिती सिन्धुलीले आज बिहान सिन्धुलीमाढी स्थित बसपार्क क्षेत्र सरसफाई गरेको छ । संगठनको कात्तिक ६ गते हुने आठौँ अधिवेशनका अवसरमा सरसफाई गरिएको हो ।
कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रमा रहेका गाँजाको बोटहरु समेत नस्ट गरिएको आयोजकले जनाएको छ । नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिती सिन्धुलीका प्रतिनिधिहरु,नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहभागितामा सामुदायिक सेवा केन्द्र कार्यालय आसपासमा लगाईएका विभिन्न बोट बिरुवाहरुको समेत गोडमेल गरिएको छ ।
सार्वजनिक स्थलको सरसफाई तथा विरुवा गोडमेल कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संगठनका संरक्षक राम बहादुर हायुले नेपाल पुर्व प्रहरी संगठनलाई विउँझाउन कार्यक्रमको आयोजना गरिएको बताए । पछिल्लो समय संगठन निदाईरहेको अवस्थामा रहेको उनको तर्क थियो ।
पुर्व प्रहरीहरुले धेरै तालिम प्राप्त गरेका र उनिहरुको अनुभव स्तर पनि उच्च हुने भएकाले राष्ट्रको लागी पुर्वप्रहरीहरुको योग्दान आवश्यक रहेको उनले ब ताए । पुर्व प्रहरी संगठन क्रियाशिल रहेमा समृद्ध समाज निर्माणका लागी ठुलो योग्दान पुग्ने उनको विश्वास छ ।