शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

उपभोक्ता समिति गठन गर्दा युवालाई समेट्छु : सुनुवार

शनिवार , कार्तिक २, २०७६

सिन्धुली घ्याङलेख गाउँपालिका सिन्धुलीले चालु आर्थिक बर्षको योजना सम्पन्न गर्ने,उपभोक्ता समिति गठन गर्दा युवालाई अनिर्वाय समेट्ने भएको छ । सिन्धुली सौगातसँग कुराकानी गदैँ गाउँपालिका उपाअध्यक्ष दुर्गादेबी सुनुवारले उपभोक्ता समिति गठन गर्दा युवा अनिर्वाय समेट्ने बताईन् ।

गएको आर्थिक बर्षमा उपभोक्ता समिति गठन गर्दा युवा तथा किशोर किशोरीहरु बञ्चित हुने गरेका थिए । अव उपभोक्ता समिति गठन गर्दा युवालाई प्राथामिकता दिईरहेको छु । उपाध्यक्ष सुनुवारले भनिन् ।

परम्परागत सोचका कारण युवा तथा किशोर किशोरीहरु स्थिर र अनुभवि हुदैनन् भन्ने गलत धारणका कारण युवा तथा किशोर किशोरीहरुलाई समुदायले नै उपभोक्ता समिति भित्र नराख्दा समस्या हुने गरेको उनको भनाई छ ।

अब आफैले निगरानी गरेर युवा तथा किशोर किशोरीहरु समेटने उनले बताईन् । युवा तथा किशोर किशोरीलाई जिम्मेवारी दिँदा उनीहरु अनुभबि हुने र आफुले सिकेका कुरालाई ब्यबाहारमा प्रयोग गरी बिकासमा दिगोपना आउने,जनशक्तिको अभावलाई पुर्ति गर्ने र वैदेशिक रोजगारको लागी बाहिर जाने युवालाई समेत रोक्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया