कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख खड्गबहादुर खत्रीले नगर भित्रका स्वास्थ्य क्ल्निीकमा औषधि अभाव हुन नदिने बताएका छन् । उनले नेपाल सरकारले निशुल्क प्रदान गर्ने औषधिहरु नगरको १४ ओटै वडाको स्वास्थ्य संस्थामा अभाव हुन नदिने बताएका हुन् ।
सिन्धुली सौगातसँग कुराकानी गदैँ नगर प्रमुख खत्रीले आम नागरिकले नेपाल सरकारले निशुल्क बितरण गरेको औषधि नपाएको गुनासो गरेपछि यसलाई प्राथामिता दिएको बताए । नगरले समग्र स्वास्थ्य क्षेत्रलाई नै प्राथामिता दिई नगरको सबै वडामा प्रभावकारी स्वाथ्य सेवा पुर्याईने उनले बताए ।
उनका अनुसार कमलामाई नगरपालिकाको– ५ नम्बर वडामा स्वाथ्य किल्नीक नहुँदा स्वास्थ्य सेवाको अभाब रहेको छ । चालु आर्थिक बर्षमा नगरले स्वास्थ्यको लागि ल्याएको बजेट तथा कार्यक्रम,नगरकार्यपालिका,वडाका जनप्रतिनीधि, स्वयम सेबिका, आम नागरिक मार्फत प्रभाबकारी रुपमा कार्यन्वय गर्नेे छ ।