जिल्ला ट्राफिक प्रहरी कार्यलय सिन्धुलीले तीन महिनामा नियम विपरित सञ्चालन भएका ४ हजार ५० वटा सवारी साधनलाई कार्र्वाही गरेको छ । चालु आर्थिक बर्ष २०७६/०७७ को साउन,भदौँ र असोज महिनामा सवारी कार्वाही गरि ३० लाख २५ हजार राजश्व संङकलन भएको ट्राफिक कार्यालय सिन्धुलीले जनाएको छ ।
नियम विपरित सञ्चालन भएका सवारी साधानबाट उक्त राजश्व संकलन भएको ट्राफिक प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जानकारी दिए । उनका अनुसार साउन महिनामा १२ सय ५० सवारी साधन कार्वाहीमा पर्दा ८ लाख ७१ हजार राजश्व संङकलन भएको थियो ।
यस्तै भदौ महिनामा सबैभन्दा बढी १६ सय ५० सवारी साधन कार्वाही गरि १२ लाख २६ हजार ५ सय राजश्व संकलन भएको उनले बताए । असोज महिनामा ११ सय ५० सवारी साधन कार्वाहीमा पर्दा ९ लाख २७ हजारर ५ सय राजश्व संकलन भएको पाण्डेले जानकारी दिए ।
कार्वाहीमा पर्नेमा तिब्रगती, कागजात साथमा नभएको, चालक अनुमती पत्र नभएको, प्रयोजन बिपरित चलाईएको, सिट बेल्ट नलगाईएको, सिट क्षयमता भन्दा बढी यात्रु बोकेको लगायत रहेका छन ।