कृषि ज्ञान केन्द सिन्धुलीका प्रमुख भरत बिडारीले पाकेको धान काटेर छिटो व्यवस्थापन गरिहाल्न कृषकलाई सुझाव दिएका छन् । पाकेको धान काटेर खेतमै सुकाउने चलन छ । तर फौजी कीराले काटिसकेर सुकाउनका लागि राखिएको धानमा पनि क्षति पु¥याउँछ । त्यसैले धान काटेपछि छिटो व्यवस्थापन गर्न अर्थात् घरमा भिœयाउन सुझाव दिएका हुन् ।
“धान काटेपछि पनि किराले बाला काट्न छाड्दैन”उनले भने,“त्यसैले धान काटिसके पछि खेतमै सुकाउने भन्दा घर आँगनमा पाल राखेर त्यसमाथि सुकाएर सके सम्म छिटो व्यवस्थापन गर्नु पर्छ । धान काटेर भिœयाउने बेलामा सिन्धुली सहित तपाईका विभिन्न जिल्लामा‘फौजी किरा’को प्रकोप देखिएको छ ।” सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिनपाटन गाउपालिका र मरिण गाउपालिकामा पाकिसकेको र पाक्न लागेको धानबालीमा फौजी किराको प्रकोप देखिए पछि किसानको गुनासो कार्यालयमा अत्याधिक आउन थालेको कृषि ज्ञान केन्द सिन्धुलीका प्रमुख बिडारीले बताए ।
किसानका अनुसार फौजी कीराले धानका बाला काट्ने गरेको छ । धान हुर्कने बेला पात खाने फौजी कीराले पाकेर भिœयाउने बेला धानको बाला काटेर हैरान पार्ने गरेको गुनासा उनिहरुले गर्छन् ।
बाला काट्ने भएकाले यस कीरालाई धानका बाला काट्ने किरा पनि भनिन्छ । धेरै किराको समूह हुने भएकाले यसलाई फौजी किरा भनिएको हो । तर यो अमेरिकी फौजी किरा भने नभएको कृषि ज्ञान केन्द सिन्धुलीका प्रमुख बिडारीले जानकारी दिए ।
नार्कको कीट विज्ञान महाशाखाका अनुसार झुण्ड–झुण्डमा रहेर एकदेखि अर्को खेतमा नोक्सान र्पुयाउँदै हिँड्ने किरालाई ‘फौजी कीरा’ भनिन्छ । यस समूहका कीरामध्ये धानको बाला काट्ने कीरालाई ‘मिथिम्ना सेपाराटा वाल्कर’ भनिन्छ । यसलाई रैथाने कीरा पनि भनिएको छ । यसै वर्ष अमेरिकाबाट भारत हुँदै भित्रिएको अमेरिकी फौजी कीरा भने अर्को प्रजातीको कीरा हो । अमेरिकी फौजी कीराले सबैभन्दा बढी मकैबालीमा क्षति पु¥याउने गरेको छ ।
फौजी कीराले धानबालीसँगै मकै, गहुँ, जौ, जुनेलो, उखु, कोदो, सूर्ती, सिमि आदी बालीमा समेत क्षति पु¥याउँछ । यी बालीमा यसले आफ्नो जीवनचक्र पनि पूरा गर्दछ । यसको पोथी पुतलीले पातको आधार र डाँठको बीचमा लहरै फुल पार्दछ । एक हप्तामा फुलबाट लार्भा, चार हप्तामा लार्भाबाट प्युपा र त्यसपछि झण्डै तीन हप्तामा प्युपाबाट वयस्क पुतली बन्छ । दुई महिनामा फौजी कीराले आफ्नो जीवनचक्र पूरा गर्छ । आफ्नो जीवन अर्थात एक वर्षमा यसले तीन देखि पाँच पूस्ता सम्म तयार पार्ने गरेको उज्यालो अनलाईमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
एक पटकमा झण्डै २ सय फुल पार्न सक्ने यो कीराको जीवनचक्र लार्भा, प्युपा हुँदै दुई महिनामा वयस्क बन्छ । यो कीराले सबैभन्दा बढी क्षति लार्भा अवस्थामा गर्छ । वातावरण अनुसार हरियो, गुलावी–हरियो वा चम्किलो–खैरो रङको लार्भा हुने यो किराले पात, गुभो र पछि बाला काटेर खाने गर्छ । फौजी कीरा भदौदेखि मंसिरसम्म बढी सक्रिय रहन्छ । तर यो फैलिने बेला भने असोज कात्तिक महिनामा हो । धेरै सक्रिय रहने भएकाले यसले धान पाकेका बेला बढी क्षति गर्ने गरेको कृषि विज्ञहरु बताउँछन् । उनिहरुका अनुसार धान पसाउने, पाक्ने र काट्ने बेला बढी सक्रिय हुने फौजी कीराले क्षति पनि धेरै गर्छ । फौजी कीरा दिउँसो भन्दा राति बढी सक्रिय हुन्छ । बोटको नयाँ पालुवा र पात कोतरेर खान्छ । पछि पात सुकेपछि यसले बाला काट्ने गर्छ । तर धेरैजसो बाला काटेर यसले खाँदैन । खेर मात्रै जान्छ । धानको बाहिरको कडा भाग भएर खान नसक्ने भएकाले यसले खानका लागि काट्ने भए पनि त्यो भुइँमा झरेर खेर मात्रै जाने गर्छ ।
लार्भाको संख्या धेरै भएमा फौजी कीराले डाँठ, पातको मूल नशा सबै भाग खाएर बोट समेत नांगो पार्छ । समयमै कीरा नियन्त्रण गर्न नसकेमा भने सम्पूर्ण धानबाली क्षति गर्ने जोखिम पनि हुन्छ ।
धान पाक्न लाग्दा पात सुक्ने भएकाले किराले बाला काट्ने गर्छ । भोकाएको बेला पर्याप्त खाना नपाउने भएकाले बाला काटेर बढी क्षति पु¥याउने गर्छ । यसको सबैभन्दा बढी फैलिने समय भनेकै असोज कात्तिक महिना हो । धान पसाउने बेला हुन्छ । पाक्ने बेला हुन्छ । धान पसाउने र पाक्ने बेला पात सुक्दै जाने भएकाले बाला काट्न थाल्छ । लार्भाको संख्या रातारात धेरै बढ्ने भएकाले खेतको सबै धान पनि नष्ट गर्न सक्ने भएकाले पाकेको धान भएमा काटेर व्यवस्थापन गरिहाल्नु पर्छ ।
नेपालकै रैथाने किरा मानिने फौजी किरा पछिल्लो समय विषादीको प्रयोग बढ्दा प्रकोपकै रुपमा फैलिएको वैज्ञानिकहरुको भनाइ छ । विषादीले अन्य किरा नष्ट भए पछि फौजी किराहरुको संख्या बढेको हो । विषादीको प्रयोग पछि बालीनालीका शत्रु मानिने फौजी किरा जस्ता नोक्सानी गर्ने किराहरुमा विष पचाउन सक्ने क्षमता विकास हुन्छ भने अन्य किराहरु हराउँछन् ।
फौजी किरा देखिएपछि सुरुमै विषादी छर्नु हानिकारक हुन्छ । पाकेको धान काट्ने बेला विषादी छर्दा यसले मानिसको स्वास्थ्यमा समेत असर गर्छ । धानको पराल गाईवस्तुलाई खुवाइने भएकाले विषादी प्रयोग हानिकारक हुने वैज्ञानिकको भनाइ छ ।
फौजी कीराको नियन्त्रणका लागि खेतभित्र र बाहिर रहेका झारपात उखेल्ने, धान काटेपछि लार्भा नष्ट गर्न खेत जोतेर धानका ठुटा जलाउने वा हटाउने, खेतमा दुई चार दिनसम्म पानी पठाउने गर्नुपर्छ । यसका लार्भा दिउँसोभन्दा राति बढी सक्रिय हुने भएकाले खेतमा पासो थाप्ने, बीच–बीचमा खाल्डो खन्ने र पातपतिङ्गर राखेर पछि खाल्डो पुरेर पनि फौजी किरा नियन्त्रण गर्न सकिन्छ ।
धान पाकेको छैन । बाला लाग्न सुरु भएको छैन भने जैविक विषादीहरु न्युक्लियर पोलिहेड्रोसिस भाइरस, वेसिलस थुरिन्जेन्सिस जस्ता विषादी दुई ग्रामलाई दुई लिटर पानीमा मिसाइ स्प्रे गर्नुपर्छ । यस्तै, खेतमा पानी पठाएर दुई लिटर मट्टितेल राखेर डोरीको सहायताले बोट हल्लाएर लार्भा मट्टितेल पानीमा झारेर पनि नियन्त्रण गर्न सकिन्छ । यसका लागि पानी खेतमा पठाएपछि त्यसलाई रोक्नुपर्छ । निकास दिनुहुँदैन ।यति गर्दा पनि नियन्त्रणमा आउन नसके प्राविधिकको सल्लाहमा विषादी प्रयोग गर्न विज्ञको सुझाव छ । प्रकोप देखिएको खेतमा धान काटिसकेपछि विषादी छरेमा फेरि त्यो खेतमा धान, गहुँ, मकै, जौ नलगाएर त्यसै राखेमा पनि यो किरा फैलिन नसक्ने विज्ञहरुको भनाइ छ ।
धानबालीमा फौजी कीराको प्रकोप फैलिएपछि नियन्त्रणको प्रयास सुरु नगरे ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ । ‘फौजी कीरा सामूहिक रुपमा फैलिन्छ । यो फैलिएकै ठाउँमा नियन्त्रणको पहल थालिहाल्नुपर्छ । नभए प्रकोप फैलिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।