शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सूचना प्रविधि अधिकृत थापा माथि आक्रमण

शनिवार , कार्तिक २, २०७६

तिनपाटन गाउँपालिका सिन्धुलीका सूचना प्रविधि अधिकृत संजय थापा माथि आक्रमण भएको छ । विहिवार राती प्राविधिक शाखा कार्यालयको माथिल्लो तल्ला स्थित कर्मचारी आवासमा सुतिरहँदा ५ जनाको समुहले आक्रमण गरेका हुन् ।

राती ९ बजे कर्मचारी आवासमा तिनपाटन गाउँपालिका–११ बस्ने रविन बस्नेत,उमेश कार्की,विशाल लामा,भोजराज दाहाल र तिनपाटन–१० बस्ने ईश्वर कार्कीले हातहतियार सहित कोठामा प्रवेश गरेका थिए । उनिहरुले सूचना प्रविधि अधिकृत थापा माथि घाँटी थिच्ने,लात्ताले जथाभावि प्रहार गरि ज्यानै मार्ने मनसायले आक्रमण गरेको प्रशासकिय अधिकृत राजन थापा द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो हिंस्रक व्यवहार प्रति तीनपाटन गाउँपालिकाले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । कार्यालयले निर्धारण गरेको निवासमा सुतिरहेको अवस्थामा हुलहुज्जत सहित जवरजस्ति प्रवेश गरि ज्यानै मार्ने मनसायले गरेको कायरता कार्यको जतिसुकै निन्दा गर्दा पनि कम हुने गाउँपालिकाका कर्मचारीहरुको ठहर रहेको छ ।

उनिहरुले शुक्रबार बैठक बसी गाउँपालिका कार्यालयमा हुने दैनिक कामकाज ठप्प पार्ने निर्णय समेत गरेका छन् । उनिहरुले सुरक्षाको प्रत्याभुती नभए सम्म कात्तिक ३ गतेलाई निर्धारण गरिएको लिखित परिक्षा तथा अन्र्तवार्ता सहित तिनपाटन गाउँपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु समेत ठप्प भएको बताईएको छ ।

प्रतिक्रिया