शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

भिमानमा सहिद ऋषीराज देबकोटा आजाद स्मृती फुटबल प्रतियोगीता सुरु

शनिवार , कार्तिक २, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका–९,भिमानमा सहिद ऋषीराज देबकोटा आजाद स्मृती फुटबल प्रतियोगीता शुक्रवारबाट सुरु भएको छ । कमलामाई नगरपालिकाको ५ लाख सहयोगमा भिमान युवा क्लव सिन्धुलीले प्रतियोगिताको आयोजना गरेको हो ।

जनजागृती माध्यमिक विद्यालय भिमानको खेलमैदानमा शुक्रवारबाट सुरु भएको फुटबल प्रतियोगितामा आयोजक भिमान युवा क्लब र नभप्रतिभा युवा क्लब मिलनचोक सिन्धुली विच खेल भएको छ ।

खेलको पहिलो हाफ् अघि आयोजक भिमान युवा क्लब र नभप्रतिभा युवा क्लब मिलनचोकले एक एक गोल गरेका थिए । खेलको द्रोस्रो हाफ्मा भिमान युवा क्लबले पुनः एक गोल गर्‍यो । तर नभप्रतिभा युवा क्लब मिलन्चोकले गोल गर्न नसकेपछि २–१ गोल अन्तरले भिमान युवा क्लबले जित हासिल गरेको हो ।

सिन्धुली,रामेछाप,महोत्तरी,सुनसरी,धनुषा,ललितपुर र धनकुटा गरि ८ जिल्लाका १६ टिमको सहभागीता रहने प्रतियोगितामा शनिवार दुधौली एकता क्लव र व्रदरहुड युवा क्लव गडौली पुल्चोक विच खेल हुने आयोजकले जनाएको छ ।

“राष्ट्रको लागी युवा,युवाको लागी खेलकुद” भन्ने नाराका साथ संचालन भएको फुटबल प्रतियोगिताको बिजेताले १ लाख ७५ हजार,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपबिजेताले ७५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने भिमान युवा क्लवका सचिव दिनेश न्यौपानेले जानकारी दिए ।

कात्तिक ९ गते सम्म चल्ने फुटबल प्रतियोगीताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सांसद गोमा देबकोटाले सहिद ऋषीराज देबकोटाको फोटोमा माल्यअर्पण गरी पानसमा बत्ति बालेर गरेकी थिईन् । फुटबल प्रतियोगीता उद्घाटन कार्यक्रममा प्रदेश सासंद लेखनाथ दाहाल(राजन),कमलामाई नगर प्रमुख खड्गबहादुर खत्री,उपप्रमुख मञ्जु देवकोटा लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया