बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

शिवनगरमा बाल उद्यान निर्माण हुने

शुक्रवार , कार्तिक १, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका–६ शिवनगरमा सुविधायुक्त बाल उद्यान निर्माण हुने भएको छ । स्वीमिङ पुल, विभिन्न खेलकुद तथा मनोरञ्जनका सामान सहित निर्माण हुने उद्यानको डिपिआर समेत तयार भएको डिभिजन वन कार्यालय सिन्धुली जनाएको छ ।

प्रदेश नम्वर ३ सरकारले डिभिजन वन कार्यालय मार्फत बाल उद्यान निर्माणका लागी २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । डिपिआर अनुसार डिभिजन वन कार्यालयले कमलामाई नगरपालिकासँगको सहकार्यमा उद्यान निर्माण गर्न लागेको हो ।

कमलामाई नगरपालिकासँगको समन्वयमा बहुवर्षिय योजना बनाएर पार्क निर्माण कार्य थालिने डिभिजन वन अधिकृत नारायण श्रेष्ठले बताए । उनका अनुसार चालु आर्थिक बर्षको मंसिर अन्तिमबाट निर्माणको काम सुरु गरिने छ । उद्यान निर्माणको लागी पहिलो चरणको घेरावेराको काम समेत सम्पन्न भई सकेको छ ।

डिपिआर अनुसार उद्यान निर्माणका लागि एक करोड १६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । उद्यान बनेपछि वनले नगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने छ ।

प्रतिक्रिया