शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सार्वजनिकधारा मर्मत संम्भार

शुक्रवार , कार्तिक १, २०७६

नेपाल भुतपुर्व प्रहरी संगठन जिल्ला कार्य समिती सिन्धुलीले विहिवार सार्वजनिक धाराको मर्मत संम्भार गरि पिउने पानीे उपलब्ध गराएको छ । कमलामाई नगरपालिका– ६ बसपार्क नजिक रहेको सार्वजनीक धारामा खानेपानीको पाईपहरु ठाउँठाउँमा टुटफुट भएर हप्तादिन अघि देखि पानी आउन छाडेको थियो ।

व्यस्त बसपार्क क्षेत्रमा सार्वजनीक खानीपानीको व्यवस्थाहुँदा यात्रुहरुलाई समेत निकै सहज भएको थियो । तर ठाउँडाउँमा पाईप टुटफुट भएर पानी आउन छाडे पछि यात्रुहरुलाई समस्या भएको थियो । सामाजिक सेवाकालागी टुटफुट पाईपको मर्मत गरि पिउने पानी उपलब्ध गरिएको भुतपुर्व प्रहरी संगठन जिल्ला कार्य समिती सिन्धुली रामबहादुर हायुले बताए ।

प्रतिक्रिया