शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

स्वर्णिम भविष्य बचत तथाऋण सहकारी संस्थाको साधारण सभा

शुक्रवार , कार्तिक १, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थित स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा बिहिवार संस्थाको आफ्नै भवन कनपा–५ मधुटारमा सम्पन्न भएको छ ।

कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटा,बचत सहकारी संघका अध्यक्ष बालकुमारी श्रेष्ठ,सिंन्धु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज कोईराला,मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका सचिव उज्वल प्रसाद ढकाल सहकारी संस्थाका सेयर सदस्य,बचतकर्ता लगाएतको उपस्थितमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष केदारमान श्रेष्ठले बार्षिक प्रगतीप्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीका अध्यक्ष श्रेष्ठले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुतगर्दै १ करोड ९० लाख आम्दानी भएको र १ करोड ५० लाख खर्च भएको जानकारी दिए । हाल १ हजार ८ सय ३४ सदस्यहरु रहेको सहकारी संस्थामा अर्को बर्ष बढाएर १ हजार ९ सय ७० पु¥याउने लक्ष्य संस्थाले लिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख मन्जु देवकोटाले सहकारीका प्रत्येक सदस्यहरुलाई समुहमा विभाजन गरेर उत्पादनमा जोड्न सुझाव दिईन् । भाडामा कार्यालय संचालन गदैँ आएको सहकारीले नगरभित्र नै पहिलो नयाँ भवनको रुपमा उद्घाटन गरेर कार्यक्रम गरेकोमा उनले संस्थालाई बधाई समेत दिइन ।

बचत संघका अध्यक्ष बालकुमारी श्रेष्ठले समृद्ध समाज निर्माणका लागी सहकारीहरुको योग्दान ठुलो रहेको धारण राखिन । उनले स्थानीय सरकारले सहकारीलाई सरल र सहज रुपमा संचालनगर्नका लागी परेका अफ्ट्याराहरुलाई सुल्झाउन आग्रह गरिन । स्थानीय सरकारले सहकारीबाट बढी कर उठाउने र झन्झटमात्र दिईरहने हो भने सहकारी अभियन्ताहरु आन्दोलनमा उत्रन बाध्यहुनु पर्ने विचार व्यक्त गरिन् ।

यसै विच संस्थाले बार्षिक साधारण सभाका अवसरमा असल बचत कर्ता बालकुमारी श्रेष्ठ र बलराज थापा लाई करुवा, प्रसंसा पत्र र दोसल्लाले सम्मान गरेको छ । असल ऋणीमा सविता लामा,नवराज श्रेष्ठ सम्मानीत र असल बालबचतमा युनिक पहाडी सम्मानीत भए । त्यसैगरि उत्कृष्ठ कर्मचारीका रुपमा संहकारी संस्थाका बजार व्यवस्थापक तुलसा दाहाललाई नगद २ हजार ८ सय रुपैया,प्रसंसा पत्र र दोसल्लाले सम्मान गरिएको सहकारीले जनाएको छ ।

प्रतिक्रिया