पछिल्लो केहि समयमा जनप्रतिनिधिहरु धमाधम पक्राउ परिरहेका छन् । सभामुखको जिम्मेवारी सम्हालेका कृष्णबहादुर महरादेखि सांसद मोहम्मद अफ्ताब जघन्य अपराधमा पक्राउ परेपछि जनप्रतिनिधिमाथि नैतिकताको प्रश्न उठेको छ । यस्ता घट्नाहरु बाहिरी सतहमा आएपनि अझैँ कयौँ घट्नाहरु छन् जहाँ जनप्रतिनिधि अनैतिक कार्यमा संलग्न देखिन्छन् । सार्वजनिक सम्पत्तिको दुरुपयोग देखि शक्तिको आँडमा हुने अनियमितता व्यापक बढ्दै गएको छ । जनप्रतिनिधिमा देखिएको शक्तिको लालचले पनि यस्ता घट्नाहरुलाई प्रश्रय दिइरहेको छ । समग्रमा, राजनीतिमा नैतिक आचरणको खडेरी देखिएको छ । राजनैतिक दलले आफ्ना सदस्यहरुलाई उचित प्रशिक्षण नदिदाँ यस्ता समस्याहरु देखिदैँ आएको छ । चुनावको बेला नैतिक आचरण भन्दा पनि शक्ति र आर्थिक अवस्थाको मात्र मुल्यांकन हुँदा जनप्रतिनिधिहरुको काम राम्रो हुन सकेको छैन । तसर्थ, राजनैतिक दलहरुले आफ्ना सांसदहरुलाई नैतिकताको पाठ पढाउनुपर्ने देखिन्छ । अन्यथा, सार्वभौम संसदको बद्नाम बढिनै रहन्छ । विशेषगरि, अपराधकर्मको संरक्षण हुँदा समाजमा अनैतिक काम फस्टाउँछ ।
त्यसैले, राजनैतिक दलले संरक्षण गर्ने भन्दा पनि कानुन नमान्नेलाई कार्वाहीको दायरामा ल्याउन पहल गर्नुपर्छ । छोटो समयमा हाइप्रोफाइलका झण्डै आधादर्जन व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेसँगै कानुन सबैलाई एकैनाश भन्ने संदेश जनतामा प्रवाह भएको छ । अतः यो प्रवृद्धिलाई कायम गर्दै राजनितिलाई सफा बनाउन सबै राजनैतिक दल एवं सम्बन्धित निकाय अग्रसर हुन आवश्यक ।