प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन इकाई(जुनार सुपर जोन) सिन्धुलीले व्यापारीलाई प्लाष्टिक वितरण गरेको छ ।
जुनारको कारोबार गर्ने जुनार व्यापारीले समेत किरा नियन्त्रणका लागि सजग हुनुपर्ने भन्दै जुनार व्यापारीलाई किराको नियन्त्रण गर्न प्लाष्टिक वितरण गरिएको हो ।
जुनार सुपर जोन कार्यालयले औषा परेर कुहिएको जुनार जथाभावी फाल्दा त्यसको किरा पुनः अर्को वर्ष जुनारमा देखिने भएकाले त्यसलाई व्यवस्थित गरि प्लाष्टिकमा प्याकिङ गरेर उचित व्यवस्थापन गर्न प्लाष्टिक वितरण गरिएको जुनार सुपरजोन सञ्चालक समितिका अध्यक्ष गोविन्द लुङगेलीले बताए ।
उनका अनुसार जुनार विक्रि गरिने गोलञ्जोर गाँउपालिकाको खनियाखर्क तथा सदरमुकाम सिन्धुलीमाढीका व्यापारीलाई प्लाष्टिक वितरण गरि कुहिएका जुनारलाई उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।