शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा बस र मोटर साईकल ठोकिदा एक जनाको मृत्यु

बिहिवार , आश्विन ३०, २०७६

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–२ साँदीमा बिहिबार बिहान बिपरित दिशाबाट आई रहेको यात्रुबाहक बस र मोटरसाईकाल ठोकिदा एक यात्रुको मृत्यु भएको छ ।

झापाबाट काठमाण्डौ गई रहेको मे १ ख ३१८२ नम्बरको बस र काठमाण्डौबाट उदयपुर तर्फ गई रहेको बा ६५ प ८५४८ नम्बरको मोटर साईकल एकआपसमा ठोकिदा उदयपुर जिल्ला त्रियुगा नगरपालिका–९ निवासी २७ बर्षिय नबिन बिसुङखेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरिक्षक चत्रबहादुर सिंहले ठक्करबाट गम्भिर घाईते भएका मोटर साईकल चालक बिसुङखेलाई उपचारको लागि धुलीखेल लैजाने क्रममा बीच बाटोमा नै मृत्यु भएको जानकारी दिनुभयो ।

बसका चालकलाई पक्राउ गरि आवश्यक कारबाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया