शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको धानबालीमा फौजि किराको प्रकोप,किसान चिन्तित

बुधवार , आश्विन २९, २०७६

सिन्धुलीमा पाक्न लागेको धानबालीमा फौजि किराको प्रकोप देखिएको छ । पाकेको, पाक्न लागेको र पसाउन लागेको धानबालीमा फौजि किराको प्रकोप तिव्र रुपमा बढेको किसानको गुनासो छ । काला र खैरा रंगका फौजी किराले जराबाट धान काटिदिने गरेको उनिहरू बताएका छन् ।

कमलामाई नगरपालिका–८ का वडा अध्यक्ष टिका बहादुर मोक्तानको पाथिपरानमा रहेको १२ कट्ठा धान खेतिमध्ये ८ कट्ठाको धानबालि सखाप पारेको छ । फौजी किरा दिउँसो धानको जरामा लुकेर बस्ने र पाकेको धानको बालालाई रातको समयमा काटिदिने तथा काटेर सुकाएको भदैया धानलाई समेत राति फौजी किराले बाला मात्रै काटेर नोक्सान पु¥याएको वडा अध्यक्ष मोक्तानले बताए ।

सुरुमा वडा अध्यक्ष मोक्तानको धान खेतमा देखिएको फौजी किराको प्रकोेप पाथिपरान क्षेत्रको ६ विद्यामा फैलिसकेको कमलामाई नगरपालिका,कृषि शाखाका प्रमुख तथा कृषि प्राविधिक सरोज फु¥यालले जानकारी दिए । नगर कृषि शाखाका प्राविधिक सरोज फुर्‍याल र देवि प्रसाद सापकोटा सोमबार किरा प्रकोप क्षेत्रमा पुगेर अध्यन गर्दा फौजी किरा भएको पुष्ठी भएको हो ।

घरमा भित्र्याउँने वेलामा धान वालीमा किराको प्रकोप देखिए पछि किसान निरास भएको वडा अध्यक्ष मोक्तानले बताए । उनले वर्षभरी खानको लागि लगाएको धानबाली खेतमै नष्ट हुने भए पछि बिच्चलीमा परेको गुनासो गरे । किरा जरामुनी लुक्ने भएकाले औषधी छर्दा पनि प्रकोप नरोकिएको उनको भनाई छ । तिव्र गतिमा किराको प्रकोप बढिरहेकाले तत्काल रोक्न नगर कृषि शाखालाई आग्रह गरिएको उनले जानकारी दिए ।

सिन्धुली सौगातसँग कुराकानी गर्दै नगर कृषि प्राविधिक सरोज फुर्‍यालले पाकेको धान तत्काल काटेर थ्रेसर गर्न र किरा लागेको सुख्खा धानखेतमा इमामेक्टिन वेन्जोयट नामक औषधी छर्न किसानलाई सुझाव दिए ।

दिनभरी धानको जरामा बस्ने र रात परेपछी लाखौंको संख्यामा अन्नबाली खान निस्कने फौजी किराले एकैरातमा सिन्धुलीको विग्गौं बाली नष्ट गर्ने कृषि प्राविधिकहरुले बताएका छन् । धानबालीमा निर्भर रहेका किसानहरू फौजी किराका कारण समस्यामा पर्ने भन्दै चिन्तित हुन थालेका छन् ।

प्रतिक्रिया