शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस (भिडियो हेर्नुस)

सोमवार , आश्विन २७, २०७६

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आईतबार सिन्धुलीमाढीमा एक कार्यक्रमका विच मनाईएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना,कमलामाई नगरपालिका,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुली,प्लान ईन्टरनेश्नल नेपाल,वल्ड भिजन र सिड्स नेपाल सिन्धुलीको साझेदारीतामा र्‍याली तथा विपद जोखिम न्यूनीकरण सम्बन्धि अन्तरक्रिया गरेर दिवस मनाईएको हो । बिपदबाट जोगिने र जोगाउन जनचेतना फैलाउने उद्देश्यले भएको र्‍यालीले सिन्धुलीमाढी बजार परिक्रमा गरि सभामा परिणत भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको अध्यक्षता तथा प्रदेश सासंद विनोद कुमार खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिन्धुलीलाई विपद् जोखिममुक्त बनाउने कार्यक्रम स्थानीय तहले प्राथामिकतामा राखेर संचालन गर्नुपर्ने आवश्ययकता भएको औँल्याईएको थियो ।

भिडियो हेर्नुस

“अत्यावश्यक पुर्वाधारबाट हुने क्षती घटाऔँ,आधारभुत सेवा प्रवाह रोकिनबाट बचाऔँ” भन्ने नाराका साथ मनाईएकोे अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री,नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता ज्वाला प्रसाद न्यौपाने,नेपाली काँग्रेस सिन्धुलीका नेता माणिक ढकाल,जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिंह,बर्द बहादुर गणका गणपती राजिव थापा,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीका सभापती अशोक श्रेष्ठ, नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष गंगा दाहाल लगाए विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया