दशैँ लागेपछि विपी राजमार्गमा गाढीको चाप अत्याधिक बढ्ने गरेको छ । छाटो दुरीका कारण काठमाडौँबाट सिन्धुली हुदैँ पुर्वका जिल्ला पुग्नकालागि यात्रुहरु विपी राजमार्गनै रोज्ने गर्दछन् । राजमार्गमा चाप बढ्नु स्वभाविक हो । तर, यात्रुहरुले यत्रतत्र फोहोर फ्याल्दा राजमार्ग फोहोर देखिएको छ । बाटो भरि खानेकुराका प्याकेट, छाँदको प्लाष्टिकहरु जम्मा हुँदा राजमार्गनै फोहोर देखिएको हो । केहि समयअघि प्रहरीले गाढीमा डस्टबिन राख्नुपर्ने नियम ल्याएपनि दशैँको समयमा उक्त नियम लागु नभएको पाइएको छ । सवारीसाधनमा डस्टबिनको अभावका कारण पनि यात्रुहरु बाटोमा फोहोर फ्याल्न बाध्य छन् । त्यसैगरि, केहि सवारीसाधनमा डस्टबिन भएपनि यात्रुहरुले वास्तै नगरि फोहोर फ्याल्ने गरेका छन् । समग्रमा, यात्रुहरुको चेतना बढाउन सम्बन्धित निकायले पहल गर्नुपर्छ । त्यसैगरि, सवारीचालकलाई सचेत गराउन सके पनि राजमार्गमा फोहोरको व्यवस्थापन गर्न सजिलो हुनेछ । राजमार्गमा फोहोर फ्याल्नेलाई जरिवाना सहित कानुनि कार्वाही हुनुपर्छ ।
विपी राजमार्गको चियाबारी खण्डमा त्यहाँको युवाहरुले निरन्तर सरसफाई गर्दै आएका छन् । उनीहरुले संचालन गरेको सरसफाई कार्यक्रम सराहनिय छ । राजमार्गको विभिन्न खण्डमा रहेको बस्तीले सरसफाईकालागि थोरै कदम चालेपनि विपी राजमार्ग सफा हुन समय लाग्दैन । तसर्थ, सर्वप्रथम राजमार्गमा फोहोरनै हुन नदिन पहल गर्नुपर्छ । फाहोर भइ हालेमा चियाबारिका युवाहरु जस्तै सरसफाईमा सबै लाग्न आवश्यक छ । अतः सुन्दर विपी राजमार्गलाई सफा राख्न सबै अग्रसर हुनुपर्छ ।