२३ वर्षपछि नेपालमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनफिङको आजदेखि दुई दिवसीय राजकीय भ्रमण हुँदैछ । विश्वकै शक्तिशालि व्यक्ति को नेपाल भ्रमण पक्कै पनि नेपालकालागि सुवर्ण अवसर हो । राष्ट्रपति सीको भ्रमणअघिनै नेपालले पुर्वतयारी गरिसकेको छ । साथै, सीले पनि वक्तव्य निकाल्दै नेपालसँग नजिक हुन खोजेको स्पष्टसँग बताइसकेका छन् । चीन जस्तो ठूलो र समृद्ध देशबाट नेपालले धेरै फाइदा लिन सक्छ । तर, सरकारले कुन तरिकाले चीनसँग नजिक रहने र कसरी छिमेकि राष्ट्रबाट सहयोग लिने भन्ने मुख्य कुरा हो । तसर्थ, आज हुने सीको एतिहासिक भ्रमणलाई सफल र उपलब्धिमुलक बनाउन सबैको साथ र सहयोग आवश्यक छ । सीको सुरक्षालाई लिएर सुरक्षा निकायले गरेको आग्रह सर्वसाधरणले नकार्न मिल्दैन । किनभने, विश्वकै शक्तिशालि व्यक्तिको सुरक्षाकालागि सर्वसाधरणले थोरै दुख पाइरहदा देशले पनि फाइदा पाइरहेको सबैले विचार गर्न जरुरी छ ।
नेपाल र चीनबिचको सम्बन्ध पुरानो छ । चीनले नेपाललाई विभिन्न तरिकाले सहयोग गर्दै पनि आइरहेको छ । यस्तो अवस्थामा नेपालले स्वाभिमानलाई उच्च स्थानमा राखेर चीनसँग केकस्ता विषयमा सम्झौता गर्छ भन्ने विषय मुख्य कुरा हो । तसर्थ, सीको भ्रमण नेपालकालागि उपलब्धिमुलक बनाइनुपर्छ । अतः नेपाल–चीनको सम्बन्ध सधैँ प्रगाढ रहोस्, सीलाई नेपालमा स्वागत छ ।