शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ६४ औं प्रहरी दिवस (भिडियो सहित,फोटोफिचर)

शुक्रवार , आश्विन २४, २०७६

नेपाल प्रहरीले शुक्रबार ६४ औं प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अमर प्रहरी स्मारकमा माल्यार्पण गर्नुका साथै अमर प्रहरी परिवारलाई सम्मान गरेर दिवस मनाएको हो ।

दिवसको अबसरमा आयोजित विशेष कार्यक्रमका बिच सिन्धुलीका बिभिन्न युनिटमा रही उत्कृष्ट सेवा प्रदान गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग गर्ने नागरिक समाजका ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।

सिन्धुलीका बिभिन्न युनिटमा रही उत्कृष्ट सेवा प्रदान गर्ने तथा सुम्पिएको जिम्मेवारी ईमान्दार,वफादार,त्रुटीरहित सम्पन्न गर्ने १३ प्रहरी सम्मानित भएका हुन् । सम्मान हुनेहरुमा ईलाका प्रहरी कार्यालय खुर्कोटका प्र.ना.नि धन बहादुर तामाङ,प्रहरी चौकी कपिलाकोटका प्र.ना.नि गोपी ब्लोन,प्रहरी चौकी हरिहरपुरगढी प्र.स.नि कलाम, प्रहरी चौकी,कुशेश्वर दुम्जाका प्र.ह.लालबाबु कामैत, प्रहरी चौकी क्यानेश्वरका लालबाबु राय रहेका छन् ।

यसैविच जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्र.ह निरज प्रसाद सिंह,अमरेन्द्र मण्डल,प्रहरी चौकी वाङरिङ,ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्र.ज सिताराम दाहाल,श्याम कुमार मण्डल,प्रहरी चौकी डाँडीगुराँसेका प्र.ज दिपक पौडेल र ईलाका प्रहरी कार्यालय बेलघारीका प्र.ज रामबाबु चौबेलाई प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम र प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिंहले सम्मान गरे ।

 

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष मनाइँदै आएको दिवसमा यस बर्ष प्रहरीले अमर प्रहरीका परिवार रघु कुमारी के.सी,मोनु कुमारी पुलामी,नर माया श्रेष्ठ,देव बहादुर पुर्वछाने र शुभलाल स्याङ्गवालाई सम्मान गरेको हो ।

 

यस्तै प्रहरी कार्य तथा शान्ती सुरक्षामा र व्यवस्थापनमा सहयोग गर्ने कमलामाई नगरपालिका–५ का रघु लामा,समुदाय प्रहरी बाटिकामा विभिन्न जातिका फुलहरु उपलब्ध गराउने कालिका नर्सरीका प्रदिप शाही,समुदाय प्रहरी बाटिकामा ब्लकहरु विछ्याउने कार्यमा सहयोग गर्ने कमलामाई नगरपालिका–५ का ललित बहादुर विक कमलामाई नगरपालिका ६–सिन्धुली,अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा सिसिटिभि उपकरण उपलब्ध गराउने कमलामाई नगरपालिका र सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा कम्प्युटर सेट उपलब्ध गराउने कमलामाई नगरपालिका–४ सिन्धुलीका वडा अध्यक्ष महेन्द्र प्रसाद ढकाललाई सम्मान गरेको छ ।

 

त्यस्तै ईलाका प्रहरी कार्यालय दुधौलीमा फर्निचर उपलब्ध गराउने दुधौली नगरपालिका,प्रहरी चौकी महन्द्रे झ्याडीको जग्गा खरिदमा सहयोग गर्ने हरिहरपुरगढी गाउँपालिका,जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा कुर्सी सहयोग गर्ने घ्याङ्गलेख गाउँपालिका र टेन्टका सामानहरु सहयोग गर्ने फिक्कल गाउँपालिका–४ का सिताराम पहाडीलाई दोसल्ला उढाएर प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम र प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिहंले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमको सम्बोधन गर्नु गर्दैै प्रमुख जिल्ला अधिकारी गौतमले प्रहरी प्रती नागरिकको ठुलो भरोसा गरेको बताउँदै आफ्नो कर्तव्य पालानामा नचुक्न आग्रह गरे ।

यस्तै कार्यक्रमका अतिथि सिन्धुलीकी एक मात्र महिला अधिवक्ता शुशिला थिङ लगाएतले समाजमा शान्ती शुव्यवस्था कामय गर्न नागरिकहरु सचेत र पहिलो जिम्मेवार हुनु पर्ने बताएका थिए । महिला अधिवक्ता थिङले प्रहरी पुलिस नभई माईती भएको धारण राखिन ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सिन्धुली प्रमुख जिल्ला अधिकारी जर्नादन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु र अन्न विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले के भने ? हेर्नुस भिडियो :

प्रतिक्रिया