शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा मापसे गरेर श्रीमति र छोरीको हत्या

शुक्रवार , आश्विन २४, २०७६

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ नाकाजोलीमा मादक पदार्थ सेवन गरेर श्रीमति र छोरीको हत्या गर्ने पक्राउ परेका छन् । बिहिबार राती ११ बजे मापसे गरेर टेक बहादुर मश्रांगीले आफ्नै श्रीमति र छोरीको हत्या गरेका हुन् ।

श्रीमति किरण मश्रांगीसँग घरायसी बिषयमा सामान्य बादबिवाद भएपछि टेक बहादुरले भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या गरेका हुन् । उनले छोरालाई भने धारीलो खुकुरीले प्रहार गरि घाइते बनाएका छन् ।

आफ्ना ३ सन्तान सुतिरहेको अवस्थामा टेकबहादुरले हत्याको प्रयास गरेका थिए । बन्दुकको छर्राले श्रीमतीको घाटीमा र छोरी प्रेमसु मश्रांगीको कनचटमा लागेर मृत्यु भएको जिल्ला प्रहरी सिन्धुलीले जानकारी दिएको छ । श्रीमति र छोरीको हत्या गरेपछि उनले छोरा कृष्ण मश्रांगीलाई खुकुरी प्रहार गरेका थिए । मश्रांगीको धारिलो खुकुरी प्रहारबाट बाया हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

हत्यारा टेकबहादुरलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रतिक्रिया