विशेष सुचनाका आधारमा सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज वर्तमान राई (शशी) पक्राउ गरेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बख्खरमा घरबाटै राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज विहान ६ बजे राईलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए । समाजको शान्ती सुरक्षा खलबल्याउन खोजेको लगाएत आरोपमा प्रहरी प्रकाउ गरेको उनले बताए । उनका अनुसार प्रहरीले राईलाई प्रहरी कार्यालय सिन्धुलीमा ल्याउदैँ छ ।