शुक्रवार, मंसिर ११ गते २०८३

Friday 27th November 2026

आजको मौसम पुर्वानुमान

यस्तो छ आज शुक्रवारको मौसम पूर्वानुमान

शुक्रवार , मंसिर ११, २०८३

काठमाडौँ ,११ मंसिर – हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ । आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया