बिहिवार, मंसिर ३ गते २०८३

Thursday 19th November 2026

आजको मौसम पुर्वानुमान

यस्तो छ आज बिहिवारको मौसम पूर्वानुमान

बिहिवार , मंसिर ३, २०८३

काठमाडौं ०३ मंसिर  -  मौसम पूर्वानुमान महाशाखाले आज विहिबार हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेशमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो/हुस्सु लागेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । 

त्यस्तै आज राति कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

प्रतिक्रिया