बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

राँगासँग मोटरसाइकल ठोक्किँदा हरिहरपुरगढीमा २ जना घाइते

बुधवार , आश्विन २१, २०८३

 

सिन्धुली, २१ असोज –  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ बनौंलीमा मदन भण्डारी राजमार्गमा गुडिरहेको मोटरसाइकल सडकमा हिँडिरहेको राँगासँग ठोक्किँदा २ जना मध्यम घाइते भएका छन् ।

चैनपुरबाट बनौंलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२३ प २८०७ नम्बरको मोटरसाइकल सोमबार साँझ करिब ७ः२५ बजे बनौंलीमा स्थानीय तेजबहादुर बि.क.को राँगासँग ठोक्किएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ । मोटरसाइकल हरिहरपुरगढी गाउँपालिका–३ बनौंलीका २८ वर्षीय निकेश राईले चलाएका थिए । दुर्घटनाका बेला चालक अनुमतिपत्र साथमा नरहेको र चालकले मादक पदार्थ सेवन गरे–नगरेको नखुलेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ । राँगाका धनी तेजबहादुर ५५ वर्षका हुन् ।

दुर्घटनामा चालक राईको दाहिने घुँडा, कम्मर र छातीमा चोट लागेको छ । सोही मोटरसाइकलको पछाडि सवार बनौंलीकै २० वर्षीय जेक्सन राईको दाहिने आँखा, छाती र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुवै जना बोल्न सक्ने अवस्थामा रहेको र उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते दुवै जनालाई उपचारका लागि मकवानपुरको हेटौंडास्थित सहकारी अस्पताल पठाइएको छ ।  दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी हरिहरपुरगढीको नियन्त्रणमा राखिएको छ । 

प्रतिक्रिया