मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

आजको राशिफल

आज २०८३ साल असोज १५ गते बिहिबार यस्तो छ तपाईको राशिफल

बिहिवार , आश्विन १५, २०८३

आज बिस २०८३ असोज १५ गते विहिबार ईस २०२६ अक्टोबर १ नेपाल सम्बत ११४६ ञलागा पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल कृष्ण पक्ष पञ्चमी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, सिद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज अड्किएको व्यक्तिगत विषयले निकास पाउनेछ। नजिकको व्यक्तिसँगको व्यवहारले सम्बन्ध मीठो बनाउनेछ। जिम्मेवारी पूरा गर्दा आत्मसन्तुष्टि मिल्नेछ। शरीरमा ताजगी रहनेछ। 

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):- आज घरायसी वातावरणमा रमाइलोपन बढ्नेछ। निजी योजनामा राम्रो प्रगति हुनेछ। व्यवसायमा ग्राहकको प्रतिक्रिया उत्साहजनक रहनेछ। प्रियजनसँगको भेटले मन प्रसन्न बनाउनेछ। 

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):-    आज अचानक बनेको परिचय काम लाग्नेछ। व्यापारिक भेटघाटबाट नयाँ कुरा पत्ता लाग्नेछ। आम्दानीको अर्को बाटोबारे सोच बन्नेछ। साथीको आत्मीय व्यवहारले मन छोनेछ। 

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):-  आज मनमा रहेको दुविधा हटेर सहजता आउनेछ। व्यक्तिगत खर्च मिलाउँदा आर्थिक भार घट्नेछ। सम्बन्धमा पुरानो तिक्तता हटाउने मौका मिल्नेछ। राम्रो निद्राले ऊर्जा बढाउनेछ। 

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):-    आज आफ्नो कामको परिणामले आत्मबल बढाउनेछ। व्यवसायमा फरक किसिमको योजना सुरु गर्ने सोच बन्नेछ। पैसाको विषयमा लाभदायक सूचना प्राप्त हुनेछ। प्रेम वा दाम्पत्य जीवनमा हाँसो बढ्नेछ।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):-     आज व्यक्तिगत जीवनमा मिलाउनुपर्ने कुरा सहजै मिल्नेछन्। कागजी वा हिसाबसम्बन्धी विषय टुंगिनेछ। व्यापारमा सानो सुधारले राम्रो प्रभाव पार्नेछ। खानाको समय नियमित राख्नुहोस्।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):-  आज मन खुसी पार्ने व्यक्तिसँग भेट हुनेछ। सम्बन्धमा विश्वासको आधार अझ बलियो बन्नेछ। साझेदारीको कारोबारमा उपयोगी सहमति बन्नेछ। व्यक्तिगत खर्चमा बुद्धिमानी अपनाउँदा बचत जोगिनेछ। 

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):-     आज निजी जीवनमा आत्मविश्वास बढाउने घटना हुनेछ। आर्थिक लेनदेनमा आफ्नो हित सुरक्षित रहनेछ। व्यवसायमा प्रतिस्पर्धाभन्दा गुणस्तरमा ध्यान दिनु राम्रो हुनेछ। परिवारबाट पाएको भरोसाले मन बलियो बनाउनेछ।

♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):- आज टाढाको व्यक्तिसँग पुनः सम्पर्क जोडिन सक्छ। आर्थिक लाभको नयाँ सम्भावना देखिनेछ। प्रेमसम्बन्धमा पुरानो आत्मीयता फर्किनेछ। यात्रामा हतार नगर्नुहोस्।

♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):- आज आफ्नो जिम्मेवारीप्रति गर्व लाग्ने अवस्था बन्नेछ। भविष्यका लागि पैसा जोगाउने राम्रो सोच आउनेछ। पेशागत क्षेत्रमा तपाईंको निर्णयको कदर हुनेछ। घरमा तपाईंको उपस्थितिले सकारात्मक माहोल बनाउनेछ। 

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- आज नयाँ प्रविधिसँग जोडिएको काममा रुचि बढ्नेछ। अनलाइन कारोबार वा सम्पर्कबाट फाइदा मिल्नेछ। सामाजिक भेटले उपयोगी जानकारी दिनेछ। व्यक्तिगत सम्बन्धमा आफ्नो भावना सहज रूपमा राख्न सकिनेछ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):-  आज परिवार वा नजिकको व्यक्तिबाट स्नेह पाइनेछ। व्यवसायमा ग्राहकको विश्वास जित्ने अवस्था बन्नेछ। व्यक्तिगत भविष्यबारे राम्रो आशा जाग्नेछ। मनलाई रमाउने काममा केही समय दिनुहोस्। 

 

🙏 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्। “अवसर आफैं आउँदैन, सही समयमा सही कदम चाल्ने व्यक्तिले अवसर सिर्जना गर्छ।”
  शुभ दिन!

 

प्रतिक्रिया