शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अनियन्त्रित भई अटो  पल्टिँदा चालकको मृत्यु

शुक्रवार , आश्विन २, २०८३

नेपालगञ्ज,०२ असोज – बाँकेको खजुरा गाउँपालिकामा भएको सवारी दुर्घटनामा अटो चालकको मृत्यु भएको छ । खजुरा गाउँपालिका–२ स्थित रिमझिम चोक नजिकैको भित्री सडकखण्डमा भे.२ ह. २१ नम्बरको इलेक्ट्रिक अटो अनियन्त्रित भई सडकबाट बाहिरिएर खेतमा पल्टिँदा चालक मुकेश वि.क. घाइते भएका थिए ।

दुर्घटनापछि घाइते वि.क.लाई तत्काल उपचारका लागि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि., नेपालगन्ज अस्पताल पु¥याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

उक्त अटोमा चालकसहित पाँच जना सवार रहेकोमा अन्य चार जना यात्रु भने सकुशल रहेको जनाइएको छ । घटनाबारे थप विवरण तथा दुर्घटनाको कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया