काठमाडौँ,२२ भदौ – धनुषाको महेन्द्रनगरबाट प्रहरीले दुई सय ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक सञ्जितकुमार राम र धनुषाका राकेश राम रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट परिचालित प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । पक्राउका क्रममा उनीहरूको साथबाट दुई सय ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोका एक अधिकृतले जानकारी दिएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सञ्जितकुमार रामले भारतबाट खैरो हेरोइन ल्याई मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने प्रयास गरेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।