शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

११४ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ

शनिवार , भाद्र २०, २०८३

बिरगञ्ज,२० भदौ – पर्साको पकहामैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित कार चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ निवासी २१ वर्षीय साजन चेपाङ रहेका छन् ।

शुक्रबार राति ८ बजेर ४५ मिनेटमा प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट परिचालित संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा नियमित जाँच गरेको थियो। तिलाईपुलबाट धोरेतर्फ जाँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई रोकेर खानतलासी गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका भेटिएका थिए । ती पोकाभित्र प्लाष्टिकसहित तौल गर्दा ११४ किलो २५ ग्राम गाँजा रहेको पुष्टि भएको हो। प्रहरीले लागूऔषध, कार तथा चालक चेपाङलाई नियन्त्रणमा लिएको छ ।

बरामद सामग्रीसहित पक्राउ परेका चेपाङमाथि लागूऔषध ओसारपसारसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाको वास्तविक उद्देश्य, गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पु¥याउन लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । प्रहरीले कारोबारमा संलग्न अन्य व्यक्तिको सम्भावित भूमिकाबारे समेत अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया