शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल भदौ १९ गते शुक्रवार यस्तो छ तपाईको राशिफल

शुक्रवार , भाद्र १९, २०८३

आज  बिस २०८३ भाद्र १९ गते शुक्रबार ईस २०२६ सेप्टेम्बर ४ नेपाल सम्बत ११४६ गुलागा अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष अष्टमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, हर्शण योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २३ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।
♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-     आज व्यापार तथा व्यवसायमा राम्रो प्रगति हुनेछ। नयाँ कामको थालनी गर्नका लागि समय अनुकूल छ। पारिवारिक साथ र सहयोग मिल्नेछ। रोकिएका अधुरा कामहरू सम्पादन हुनेछन्।

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):-  आज खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। खर्च बढ्ने योग रहेकाले सोच-विचार गरेर मात्र लेनदेन गर्नुहोला। यात्रामा सजगता अपनाउनु राम्रो हुन्छ।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):-  आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। रोकिएको धन उठ्ने सम्भावना छ। साथीभाइ तथा आफन्तको सहयोगले रोकिएका कामहरू बन्नेछन्। पठनपाठनमा प्रगति हुनेछ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- आज कार्यक्षेत्रमा सम्मान मिल्नेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको योग छ। समाजमा प्रतिष्ठा बढ्नेछ। बाबु वा मान्यजनको सहयोगले रोकिएका काम बन्नेछन्।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- आज धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। लामो दूरीको शुभ यात्राको सम्भावना छ। भाग्यले साथ दिनेछ र रोकिएका धेरैजसो कामहरू सहजै सम्पन्न हुनेछन्।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):-     आज आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ। सवारी साधन चलाउँदा वा यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। स्वास्थ्यको ख्याल राख्नुहोला र अनावश्यक विवादबाट टाढा रहनुहोला।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):- आज दाम्पत्य जीवनमा मधुरता छाउनेछ। साझेदारी बिजनेस वा व्यापारमा राम्रो फाइदा मिल्नेछ। नयाँ मानिसहरूसँग भेटघाट हुनेछ र रमाइलो यात्राको योग छ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):-   आज शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मुद्दा-मामिला वा विवादहरूमा तपाईंकै जित हुनेछ। मिहिनेतको राम्रो फल मिल्नेछ।

♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):- आज सिर्जनात्मक र रचनात्मक काममा रुचि बढ्नेछ। अध्ययन-अध्यापनमा सफलता मिल्नेछ। सन्तान पक्षबाट शुभ समाचार सुन्न पाइनेछ। बौद्धिक छलफलमा सहभागी भइनेछ।

♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):-  आज पारिवारिक विषयलाई लिएर केही चिन्ता वा विवाद हुन सक्छ। घर-जग्गा वा भौतिक साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। आमाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):-  आज तपाईंको साहस र पराक्रम बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग प्राप्त हुनेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। नयाँ काम सुरु गर्न उत्साह मिल्नेछ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):-  आज मिठो भोजनको आनन्द प्राप्त हुनेछ। बोलीको प्रभाव बढ्नाले अधुरा कामहरू बन्नेछन्। आर्थिक स्थिति बलियो हुनेछ र आकस्मिक धन लाभको योग छ।

🙏 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्।आज  हतारमा निर्णय नगरी धैर्य र सकारात्मक सोचका साथ अघि बढ्नुहोस्।
  शुभ दिन!


प्रतिक्रिया