आज बिस २०८३ भाद्र १६ गते मंगलबार ईस २०२६ सेप्टेम्बर १ नेपाल सम्बत ११४६ गुलागा चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष चतुर्थी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, वृद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
आज चन्द्रमाको प्रभावसँगै विभिन्न ग्रहको चालले मनोभाव, निर्णय क्षमता र दैनिक गतिविधिमा प्रभाव पार्ने देखिन्छ । केही राशिका लागि काममा नयाँ जिम्मेवारी र आर्थिक अवसर बन्नेछन् भने केहीले सम्बन्ध र खर्चका विषयमा संयम अपनाउनुपर्नेछ । आफ्नो राशिअनुसार आजको दिन यस प्रकार रहनेछ ।
♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज अधुरो काम टुंग्याउने दिन। प्रतियोगिता वा भेटघाटमा आत्मविश्वासले साथ दिनेछ।
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):- आज घरायसी कामको चाप बढ्न सक्छ। आवश्यक वस्तुमा खर्च भए पनि मन सन्तुष्ट रहनेछ।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आज सञ्चार, लेखन वा प्रस्तुतीकरणबाट प्रशंसा पाइने योग। गोप्य कुरा सहजै नखोल्नुहोस्।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- आज आम्दानीको नयाँ बाटोबारे छलफल हुन सक्छ। पुरानो साथीबाट उपयोगी सल्लाह मिल्नेछ।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- आज निर्णय क्षमता बलियो रहनेछ। पद, प्रतिष्ठा वा जिम्मेवारीसँग सम्बन्धित काममा प्रगति हुनेछ।
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):- आज मन केही चञ्चल रहन सक्छ। आध्यात्मिक चिन्तन, अध्ययन वा शान्त वातावरणले राहत दिनेछ।
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):- आज समूहमा काम गर्दा सफलता मिल्नेछ। रोकिएको रकम वा सहयोग प्राप्त हुने सम्भावना छ।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- आज पेशागत क्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। अधिकार प्रयोग गर्दा नम्रता राख्नु उत्तम हुनेछ।
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):- आज छोटो यात्रा वा नयाँ सिकाइको अवसर मिल्न सक्छ। लक्ष्यप्रति स्पष्ट भएर अघि बढ्नुहोस्।
♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):- आज लेनदेनमा कागजात र सर्त ध्यानपूर्वक हेर्नुहोस्। धैर्यले जटिल काम सहज बन्नेछ।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- आज साझेदारी र प्रेम सम्बन्धमा खुला संवाद आवश्यक छ। मिलापको वातावरण बन्नेछ।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):- आज दिनचर्या व्यवस्थित गर्दा धेरै काम पूरा हुनेछन्। स्वास्थ्यका लागि पानी र पर्याप्त विश्राममा ध्यान दिनुहोस्।
🙏 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्।आज हतारमा निर्णय नगरी धैर्य र सकारात्मक सोचका साथ अघि बढ्नुहोस्।
शुभ दिन!