बालिका होटलमा लगेर यौन शोषण आरोपमा दुई पक्राउ

मंगलवार , भाद्र ९, २०८३

झापा, ९ भदौ — झापाको दमकमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारी होटलमा पु¥याएर यौन शोषणमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९, देवीझोडाकी तथा हाल दमकमा बस्दै आएकी जुनु भनिने पार्वती ऋषिदेव र दमक–८ निवासी ५५ वर्षीय गणेशप्रसाद अधिकारी छन् ।

प्रहरीका अनुसार अधिकारीले सञ्चालन गर्दै आएको मनकामना होटल एन्ड लजमा बालिकालाई लगेर यौनधन्दामा संलग्न गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा ऋषिदेवले बालिकालाई ललाइफकाई होटलसम्म पु¥याएको र होटल सञ्चालक अधिकारीले त्यसपछि उनलाई यौन शोषणमा लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालिका साउन ३१ गते घरबाट निस्किएपछि परिवारको सम्पर्कमा आएकी थिइनन् । परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सोही क्रममा बालिकाको अवस्थाबारे जानकारी प्राप्त भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो ।

पक्राउ परेका दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरू तथा घटनाको विस्तृत पक्षबारे समेत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया