आज बिस २०८३ भाद्र ५ गते शुक्रबार ईस २०२६ अगस्त २१ नेपाल सम्बत ११४६ गुलाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वैधृत, योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३८ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज नयाँ काम सुरु गर्ने उत्साह बढ्नेछ। रोकिएका काम अघि बढ्नेछन् भने आर्थिक पक्षमा सुधार देखिनेछ। परिवारबाट सहयोग मिल्नेछ। अनावश्यक रिस र हतारबाट भने बच्नुहोस्।
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):- आज व्यापार तथा रोजगारीमा राम्रो अवसर प्राप्त हुन सक्छ। प्रियजनसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। खर्च केही बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा सचेत रहनु उचित हुनेछ।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आज मेहनतअनुसार उपलब्धि प्राप्त हुने दिन छ। अध्ययन, लेखन तथा बौद्धिक कार्यमा सफलता मिल्नेछ। नयाँ व्यक्तिसँगको भेट लाभदायक हुन सक्छ। स्वास्थ्यमा सामान्य ध्यान दिनुहोस्।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- आज परिवारमा खुसीको वातावरण बन्नेछ। सन्तान तथा शिक्षासम्बन्धी विषयबाट सन्तोष मिल्न सक्छ। सिर्जनात्मक काममा सफलता मिल्नेछ। भावनामा बगेर निर्णय नगर्नु राम्रो हुनेछ।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- आज घरायसी काममा व्यस्तता बढ्न सक्छ। रोकिएको काम पूरा गर्ने अवसर मिल्नेछ। मान्यजनको सहयोगले समस्या समाधान हुनेछ। कार्यक्षेत्रमा आफ्नो बोली र व्यवहार सन्तुलित राख्नुहोस्।
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):- आज पराक्रम र आत्मविश्वास बढ्नेछ। छोटो यात्रा वा नयाँ भेटघाट फलदायी बन्न सक्छ। व्यवसाय तथा कार्यक्षेत्रमा सकारात्मक समाचार प्राप्त हुने सम्भावना छ।
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):- आज धनसम्बन्धी काममा सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। आफ्नो मधुर बोलीले अरूको मन जित्न सकिनेछ। खानपानमा भने संयम राख्नुहोस्।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- आज आत्मविश्वास र सक्रियता बढ्नेछ। महत्त्वपूर्ण निर्णय लिन अनुकूल समय बन्न सक्छ। सामाजिक प्रतिष्ठा बढ्नुका साथै नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आवेगमा आएर विवाद नगर्नुहोस्।।
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):- आज अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक पक्षमा सचेत रहनुहोस्। टाढाको यात्रा वा वैदेशिक कामसँग सम्बन्धित विषयमा प्रगति हुन सक्छ। मानसिक शान्तिका लागि आराम आवश्यक हुनेछ।
♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):- आज आम्दानीका नयाँ स्रोत देखिन सक्छन्। मित्र तथा सहकर्मीबाट सहयोग मिल्नेछ। लामो समयदेखि सोचेको योजना अघि बढाउन अनुकूल दिन छ। सामाजिक कामबाट सम्मान प्राप्त हुन सक्छ।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- आज कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ तर मेहनतको राम्रो परिणाम पनि प्राप्त हुनेछ। वरिष्ठ व्यक्तिबाट प्रशंसा वा सहयोग मिल्न सक्छ। नयाँ योजना सुरु गर्नुअघि पर्याप्त विचार गर्नुहोस्।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):- आज भाग्यले साथ दिने दिन छ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। अध्ययन, यात्रा तथा नयाँ अवसरका लागि समय अनुकूल रहनेछ। सकारात्मक सोचले महत्त्वपूर्ण काम सफल बनाउन मद्दत गर्नेछ।
🙏 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्।आज सधैर्य, सकारात्मक सोच र मधुर बोलीले आजको दिनलाई अझ सफल र सुखद बनाउन सकिनेछ।
शुभ दिन!