शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मौसम पुर्वानुमान

यस्तो छ आज शुक्रवारको मौसम पूर्वानुमान

शुक्रवार , श्रावण १५, २०८३

काठमाडौँ,१५ साउन – जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जानकारी दिएको छ ।


हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा गण्डकी प्रेदशको पहाडी भूभागको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू(भागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 


त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू(भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू(भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया