मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज सोमवार पनि बढ्यो सुनचाँदीको मुल्य

सोमवार , श्रावण ११, २०८३

काठमाडौं,  ११ साउन-  सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातादेखि नै सुनको मूल्य बढ्ने क्रम जारी छ । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४४५ रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ ४ हजार ३२० रुपैयाँ थियो ।

प्रतिक्रिया