आज बिस २०८३ साउन ९ गते शनिबार ईस २०२६ जुलाई २५ नेपाल सम्बत ११४६ दिल्लाथ्व एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल एकादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, ब्रह्मा योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज आज हरिशयनी एकादशी, घर घरमा तुलसी रोपेर मनाईदै छ भने आज विश्व आईभीएफ दिवस परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ । हतारमा निर्णय गर्दा घाटा हुन सक्छ । कार्य क्षेत्रमा सहकर्मीको व्यवहारले मन खिन्न बनाउन सक्छ । स्वास्थ्यतर्फ ढाड, पेट र आँखासम्बन्धी समस्या भएकाले विशेष ध्यान दिनुहोस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :- आज सिर्जनात्मक क्षमता बढ्नेछ । अध्ययन, कला तथा लेखन क्षेत्रमा रुचि बढ्ने सम्भावना छ । काममा निरन्तरता कायम राखे राम्रो उपलब्धि हासिल हुनेछ । भावनामा बहेर निर्णय नगर्नु उपयुक्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आज पेशा तथा व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ । आर्थिक पक्षमा सुधार आउने संकेत छन् । प्रेम सम्बन्धमा आपसी समझदारी आवश्यक हुनेछ । स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- आज पारिवारिक वातावरण सुखद रहनेछ । नयाँ सीप सिक्ने तथा अध्ययनमा प्रगति गर्ने अवसर मिल्नेछ । सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । नयाँ योजना अघि बढाउन समय अनुकूल देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आज कार्यभार बढेपनि मेहनतअनुसार सफलता मिल्नेछ । साथीभाइको सहयोगले रोकिएका काम अघि बढ्नेछन् । सानो कुरामा विवाद हुन सक्ने भएकाले संयम अपनाउनुहोस् । स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):- आज नयाँ अवसर प्राप्त हुने दिन छ । रोजगारी, व्यापार तथा सामाजिक क्षेत्रमा सकारात्मक परिणाम देखिनेछ । साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ । अनपेक्षित काम पनि सफलतापूर्वक सम्पन्न हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):- आज मान सम्मान र प्रतिष्ठा बढ्नेछ । रोकिएको धन प्राप्त हुने सम्भावना छ । व्यापार तथा लगानीबाट लाभ मिल्ने संकेत छन् । अनुभवी व्यक्तिको साथ र सुझावले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- आज परिवार र जीवनसाथीसँग संवादमा ध्यान दिनुहोस् । आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । कामको चाप कम हुँदै मन उत्साहित रहनेछ । छोटो यात्रा हुने सम्भावना पनि देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे):- आज प्रतिस्पर्धामा सफलता प्राप्त गर्न थप मेहनत आवश्यक हुनेछ । भविष्यका लागि गरिएको लगानी लाभदायी बन्न सक्छ । घर तथा सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनुहोस् । विद्यार्थीले पढाइमा एकाग्रता कायम राख्नुपर्नेछ ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):- आज पुरानो मेहनतको प्रतिफल प्राप्त हुने दिन छ । रोकिएको रकम हात पर्न सक्छ । आर्थिक अवस्था मजबुत बन्दै जाने संकेत छन् । पारिवारिक सहयोगले काम सहज रूपमा अघि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):- आज नयाँ योजना कार्यान्वयनका लागि समय अनुकूल छ । जिम्मेवारी बढ्न सक्छ, तर त्यसले उपलब्धि पनि दिलाउनेछ । वरिष्ठ व्यक्तिको सुझाव लाभदायी हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):- आज व्यापार तथा पेशामा प्रचार–प्रसार र नयाँ सम्पर्कबाट लाभ मिल्नेछ । सामाजिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ । विदेश अध्ययन वा यात्राको प्रयास गरिरहनुभएको छ भने सकारात्मक संकेत देखिएका छन् ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्