आज बिस २०८३ साउन ८ गते शुक्रबार ईस २०२६ जुलाई २४ नेपाल सम्बत ११४६ दिल्लाथ्व दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल दशमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शुक्ल योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज नयाँ योजना तथा व्यवसाय सुरु गर्न दिन अनुकूल छ । आर्थिक गतिविधिमा सुधार आउँदै आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ । अध्ययनमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्ने र रमाइलो यात्रा वा विशेष भेटघाटको अवसर प्राप्त हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):- आज घर जग्गा, निर्माण तथा भौतिक सम्पत्तिसम्बन्धी काममा लाभ मिल्ने संकेत छ । व्यापार विस्तारका अवसर प्राप्त हुन सक्छन् । अध्ययनमा अपेक्षित सफलता हासिल गर्न निरन्तर मेहनत आवश्यक हुनेछ । सोचविचार गरेर लिएको निर्णय भविष्यका लागि लाभदायी बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आज अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता पाउन थप मेहनत आवश्यक पर्नेछ । स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्ने छ । आफन्त वा नजिकका व्यक्तिसँग सम्बन्धमा विश्वासको परीक्षा हुन सक्छ । धैर्यका साथ अघि बढे रोकिएका काम पूरा हुने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- आज आवेग र हतारका कारण विवाद निम्तिन सक्ने भएकाले संयम अपनाउनु आवश्यक छ । अध्ययन र व्यवसायमा अपेक्षाअनुसार परिणाम नआउन सक्छ । धैर्य, अनुशासन र सकारात्मक सोच कायम राख्दा चुनौती सहज रूपमा पार गर्न सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- आज प्रतिस्पर्धीमाथि सफलता प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा सुधार आउनेछ भने अध्ययन र पेशागत क्षेत्रमा राम्रो प्रगति हुनेछ । पुराना दायित्व पूरा गर्दै नयाँ योजनामा अघि बढ्ने अवसर मिल्नेछ । आत्मविश्वास बढ्ने दिन रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):- आज सिर्जनात्मक तथा बौद्धिक क्षमता बढ्नेछ । अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न निरन्तर प्रयास आवश्यक हुनेछ । व्यापारमा ठूलो लगानी गर्न हतार नगर्नु उचित हुनेछ । प्रेम सम्बन्धमा विश्वास र समझदारी अझ बलियो बन्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):- आज व्यापार तथा लगानीका लागि दिन निकै अनुकूल छ । अध्ययनमा उत्कृष्ट सफलता मिल्ने सम्भावना छ । कार्य क्षेत्रमा प्रतिष्ठा र नेतृत्व क्षमता बढ्नेछ । नयाँ अवसर प्राप्त हुने संकेत देखिएकाले आत्मविश्वासका साथ अघि बढ्नुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- आज स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ । अध्ययनमा अपेक्षित नतिजा प्राप्त गर्न केही कठिनाइ आउन सक्छ । आर्थिक पक्षमा सोचविचार गरेर निर्णय लिनु उपयुक्त हुनेछ । धैर्य र संयमले भविष्यमा राम्रो परिणाम दिलाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे):- आज रोकिएका तथा अधुरा काम पूरा हुने सम्भावना छ । नयाँ योजना वा व्यवसाय सुरु गर्न समय अनुकूल छ । स्वास्थ्यमा ऊर्जा र उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा विद्यार्थीका लागि उपलब्धिमूलक दिन रहने संकेत छन् ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):- आज कृषि, जग्गा तथा नगदे कारोबारसँग सम्बन्धित कामबाट लाभ मिल्नेछ । विद्यार्थीले अध्ययनमा राम्रो सफलता प्राप्त गर्ने सम्भावना छ । मेहनतको उचित प्रतिफल मिल्ने भएकाले आत्मविश्वास बढ्नेछ । आर्थिक अवस्था पनि क्रमश: मजबुत बन्दै जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):- आज मन केही चञ्चल रहन सक्छ । नयाँ काम सुरु गर्ने वा लामो यात्रा गर्ने योजना भए सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ । धैर्य र संयम अपनाउँदा अनावश्यक समस्या टर्नेछ । कार्य क्षेत्रमा अनुशासन कायम राख्दा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):- आज दिनको सुरुवातमा स्वास्थ्यमा सामान्य असहजता महसुस हुन सक्छ । खर्च बढ्ने र सामान्य विवादको सम्भावना छ । दिनको उत्तरार्धमा आर्थिक तथा व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ । योजनाबद्ध रूपमा अघि बढे सकारात्मक परिणाम प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्