शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आजको राशिफल

आज २०८३ साल साउन ०४ गते सोमबार यस्तो छ तपाईको राशिफल

सोमवार , श्रावण ४, २०८३

आज बिस २०८३ साउन ४ गते सोमबार ईस २०२६ जुलाई २० नेपाल सम्बत ११४६ दिल्लाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल सप्तमी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, शिव योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २० मिनेटमा र सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ । सेवाग्राही वा सहकर्मीसँग सानो विवाद पनि ठूलो बन्न सक्ने भएकाले संयम अपनाउनुहोस् । प्रतिस्पर्धीहरू अवसरको खोजीमा रहेकाले हरेक निर्णय सोचेर गर्नु राम्रो हुनेछ । आफन्त वा घनिष्ठ साथीसँग भेटघाट हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):-  आज सानो प्रयासले पनि राम्रो उपलब्धि मिल्ने दिन छ । बुद्धि र क्षमताको सही प्रयोग गर्न सके रोकिएका काम अघि बढ्नेछन् । टाढा रहेका आफन्त वा सन्तानबाट सुखद समाचार प्राप्त हुन सक्छ । अध्ययन, अनुसन्धान, विज्ञान तथा प्रविधिसम्बन्धी क्षेत्रमा संलग्न व्यक्तिका लागि दिन विशेष फलदायी रहनेछ । सिर्जनशीलता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):-  आज घरायसी विषयमा बढी ध्यान जान सक्छ । पारिवारिक जिम्मेवारीका कारण व्यक्तिगत योजनामा केही असर पर्न सक्छ । महत्त्वपूर्ण निर्णय गर्दा परिवारको सल्लाह लिनु उपयुक्त हुनेछ । काममा सामान्य अवरोध आएपनि मेहनतअनुसार परिणाम प्राप्त हुनेछ । प्रियजनसँग कुराकानी भएपनि भेटघाटको अवसर नजुट्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):-  आज समयको सही व्यवस्थापन गर्न सके मनमा शान्ति मिल्नेछ । व्यापार व्यवसाय, विशेष गरी रसायन, पेट्रोलियम, रङ तथा पेन्टिङसँग सम्बन्धित क्षेत्रमा लाभ हुने सम्भावना छ । दाम्पत्य जीवनमा खुसी थपिनेछ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । लामो समयदेखि प्रतीक्षा गरेको इच्छा पूरा हुने संकेत देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):-  आज बोली र प्रस्तुतीकरण प्रभावकारी रहनेछ । कला, सञ्चार वा अभिव्यक्तिसँग सम्बन्धित क्षेत्रमा सफलता मिल्न सक्छ । आर्थिक लाभको योग रहेको छ । दीर्घकालीन लगानीका लागि अनुकूल समय छ । आयका नयाँ स्रोत खुल्ने सम्भावना छ भने कमाएको धन बचत गर्न पनि सफल हुनुहुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):-  आज आत्मविश्वास बढ्नेछ । मान सम्मान र प्रतिष्ठा बढाउने काममा सफलता मिल्नेछ । कठिन परिस्थितिलाई सहज रूपमा सामना गर्न सकिनेछ । पेसागत उन्नतिका लागि गरिएको प्रयास सफल बन्ने संकेत छ । जीवन साथी वा साझेदारसँग खुलेर संवाद गरे समस्याको समाधान मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):-  आज आज आफ्नो काम आफैं गर्नु राम्रो हुनेछ । अरूमाथि धेरै भरोसा गर्दा निराशा हात लाग्न सक्छ । व्यापारमा सावधानी अपनाउनुहोस् । सानो लापरबाहीले आर्थिक नोक्सानी हुन सक्छ । अनावश्यक खर्च बढ्ने सम्भावना छ । अध्ययनमा मन कम लाग्न सक्छ भने चिडचिडापन पनि बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):-  आज रोकिएका काम पूरा हुनेछन् । पद, जिम्मेवारी वा प्रतिष्ठा बढ्ने सम्भावना छ । आम्दानीका नयाँ अवसर फेला पर्न सक्छन् । सम्बन्धमा विश्वास र समझदारी कायम रहनेछ । अहिले व्यापार वा पेसामा ठूलो परिवर्तन नगरी वर्तमान योजनामै केन्द्रित हुनु लाभदायी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):-  आज व्यक्तिगत जिम्मेवारी बढ्न सक्छ । परिवार वा जीवनसाथीका लागि पर्याप्त समय निकाल्न कठिन हुन सक्छ । लगानीबाट लाभांश वा बोनस प्राप्त हुने सम्भावना छ । खर्च पनि बढ्ने भएकाले बजेट व्यवस्थापनमा ध्यान दिनुहोस् । फलाम, कोइला, पेट्रोलियम वा यस्तै व्यवसायमा राम्रो आम्दानी हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):-  आज धार्मिक तथा सामाजिक कार्यमा सक्रिय हुने अवसर मिल्नेछ । परिवार र समाजबाट प्रशंसा प्राप्त हुनेछ । अध्ययन तथा शिक्षामा राम्रो प्रगति हुने संकेत छ । शिक्षक, अभिभावक वा अग्रजको सल्लाहले महत्त्वपूर्ण सफलता दिलाउन सक्छ । व्यस्तताका बीच आफ्ना लागि पनि केही समय छुट्याउनु आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):-  आज स्वास्थ्यमा सामान्य समस्या देखिए पनि कामको चाप रहनेछ । पर्याप्त आराम र पौष्टिक आहारमा ध्यान दिनुहोस् । गोप्य विषय वा महत्त्वपूर्ण जानकारी प्राप्त हुन सक्छ । कसैको बहकाउ वा अवास्तविक आश्वासनमा नलाग्नुहोस् । आर्थिक बोझ बढ्न सक्छ, त्यसैले खर्चमा संयम अपनाउनु बुद्धिमानी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):-  आज आफ्ना प्रियजनसँग समय बिताउने अवसर मिल्नेछ । जीवन साथी वा प्रेम सम्बन्धमा विश्वास कायम राख्नु आवश्यक छ । कामको चाप बढे पनि मेहनतअनुसार प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्य, विशेष गरी जीवन साथी वा सन्तानका लागि केही समय छुट्याउन सके सम्बन्ध अझ मजबुत बन्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

 

प्रतिक्रिया